रिंकु मृत्यु प्रकरण
सिराहामा किशोरी मृत्यु प्रकरण : घटना ‘मिलापत्र’ गराउन खोज्ने ८ जना नियन्त्रणमा
आइतबार, ११ फागुन २०८१, १६ : ५७

काठमाडौँ । सिराहाको नवराजपुर गाउँपालिका वडा नम्बर–१ बस्ने १७ वर्षीय किशोरीको शङ्कास्पद मृत्युबारे अनुसन्धान गर्न प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । माघ ३० मा रिंकुकुमारी सदा घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
उनको मृत्युअघि ‘बलात्कार’ घटना मिलाउन भनेर छलफल गराउने पञ्चहरूसहित ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको मधेस प्रदेश प्रहरी कार्यालयका एसएसपी शान्तिराज कोइरालाले रातोपाटीलाई बताए । उनले भने, ‘अनुसन्धानको लागी ८ जनालाई नियन्त्रणमा लिएका छौँ ।’
पक्राउ पर्नेमा पञ्चायत बस्ने र घटना मिलाउन भूमिका खेल्नेहरू छन् । प्रत्यक्षदर्शीहरूलाई पनि प्रहरीले सोधपुछको लागि नियन्त्रणमा लिएको छ । उनीहरू संलग्न देखिए मुद्दा चलाइने एसएसपी कोइरालाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा