अन्तर्राष्ट्रिय परिस्थितिका कारण नयाँ सुरक्षा चुनौती : सेना

काठमाडौँ । अन्तर्राष्ट्रिय परिस्थितिको असर नेपालमा पनि पर्नसक्ने भन्दै सेनाले नयाँ रणनीति र समन्वय प्रणालीलाई समयानुकूल बनाउनुपर्ने निष्कर्ष निकालेको छ । बिहीबार र शुक्रवार आयोजित पृतनापति समन्वयात्मक बैठकबाट सो निष्कर्ष निकालिएको सैनिक अधिकारीहरू बताउँछन् ।
पृतनापति समन्वयात्मक बैठकपछि सेनाले पत्रकार सम्मेलन गरेर अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । आइतबार जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य विभागका उपरथी प्रेमध्वज अधिकारीले भू–राजनीतिको असर नेपालमा पनि पर्ने र परिरहेको बताए । उनले भने– ‘त्यसमा कसरी अघि बढ्ने भन्नबारे अहिले चिन्तन गर्दैछौँ ।’
पछिल्लो समय अमेरिका र युक्रेनको बिचमा देखा परेको उतार–चढावले नयाँ प्रकारका सुरक्षा चुनौतीहरू सिर्जना हुनसक्ने सेनाको निष्कर्ष छ । सैनिक प्रवक्ता (सहायकरथी) गौरवकुमार केसीले अन्तर्राष्ट्रिय गतिविधि बुझ्ने र प्रभावबारे अध्ययन गरिरहेका बताएका छन् ।
फागुन ८ मा पृतनापति समन्वयात्मक बैठक उद्घाटन गर्दै रक्षामन्त्री मानवीर राईले पनि विश्वको विभिन्न स्थानमा चलिरहेको द्वन्द्वले नेपालमा पनि कुनै न कुनै रूपमा प्रभाव पार्ने बताए । उनले भनेका छन्, ‘जलवायु परिवर्तन र कृत्रिम बौद्धिकताले निम्त्याउन सक्ने चुनौतीहरूलाई सूक्ष्म रूपमा अध्ययन गर्नुपर्ने अवस्था छ ।’
बैठकमा सैनिक विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरू तथा पृतनापतिहरू सहभागी थिए । बैठकमा सिपाहीका समस्या र तालिममा गर्नुपर्ने सुधार लगायतका विषमा छलफल भएर सैनिक प्रवक्ता केसीले बताए । उनले भने– ‘पृतनापति समन्वयात्मक बैठकमा सेनाका समस्या र चुनौतीका विविध विषयमा छलफल भए ।’
बैठकलाई सम्बोधन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले विश्व सुरक्षा परिस्थिति बहु आयामिक दृष्टिकोणले थप संवेदनशील, जटिल र अन्योलपूर्ण भएको बताएका थिए । उनले भनेका थिए– ‘आन्तरिक र बाह्य परिस्थितिमा आउन सक्ने उतार–चढावले नयाँ प्रकृतिका सुरक्षा चुनौतीहरू सृजना हुने सम्भावना छ ।’
सिग्देलले भविष्यका सुरक्षा चुनौतीहरू सामान गर्न विभिन्न रणनीतिक तथा समन्वय प्रणालीलाई समयानुकूल विश्लेषण गरी प्रभावकारी उपायहरू पहिल्याउनुपर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनै हराएको बाहुन’को काभ्रेबाट छायांकन सुरु
-
कार्यकाल सफल रहेको दाबी गर्दै भण्डारीले सार्वजनिक गरे १८ बुँदे प्रगति विवरण
-
बैशाखमा ‘मिस एसईई इटहरी’ आयोजना हुने
-
८४ को निर्वाचनसम्म सरकार टसमस हुँदैन, राजतन्त्र फर्किँदैन – प्रधानमन्त्री ओली
-
तीनकुने घटना : पत्रकार महासंघले सरकारलाई दिएको ‘अल्टिमेटम’ सकियो, माग सम्बोधन नगरिए देशव्यापी आन्दोलन गर्ने
-
सञ्चो बनाउने कम्पनीमा आगजनी गरेको आरोपमा एकजना मजदुर पक्राउ