जुम्लामा स्याउ रोप्दै विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ ले जुम्लामा स्याउ रोपन कार्यक्रमको उद्घाटन गरेका छन् । नेकपाको केन्द्रीय कार्यालयको आयोजनामा आइतबार जुम्लाको हिमा गाउँपालिका ७ धौलापानीमा करिब १४ हजार वर्गमिटर जमिनमा ३५ सय बिरुवाको स्याउ रोपेर उद्घाटन गरिएको हो ।
स्याउ रोपन कार्यक्रमको उद्घाटन गर्दै राजनीतिक क्रान्तिसँगै आर्थिक क्रान्तिलाई नजोडेसम्म देशको स्वाधीनता र आत्मनिर्भर सम्भव नहुने विप्लवको तर्क थियो । उनले पहिला नेता र कार्यकर्तालाई कृषि उत्पादनमा जोड्ने र त्यसपछि देशभरका जनतालाई कृषि क्रान्तिमा जोडेर देशलाई आत्मनिर्भर बनाउने योजना रहेको समेत बताए ।
विप्लवले हावापानी र मौसमअनुसारको फलफूल बालीनाली उत्पादन गरिरहेको बताउँदै भने– ‘अहिले हाम्रा नेता कार्यकर्तालाई देशैभर खानकै लागि कहिँ कतै माग्नुपर्ने अवस्था छैन, देशैभर सबै नेता कार्यकर्ता उत्पादनमा लागेका छौँ ।’
महासचिव विप्लवले जगा उपलब्ध गराउने हिमा गाउँपालिका ७ धांचुगाउँकि कृष्ण कौडा शाहीलाई धन्यवाद समेत दिए । उनले भने– ‘उहाँ शहीद परिवार पनि हुनुहुन्छ, उहाँले हामीलाई जग्गा उपलब्ध गराउनुभयो, विशेष धन्यवाद छ ।’ धौलापानीमा स्याउ रोपेर भोलि १२ गते बिहान कालिकोटको तिलागुफा नगरपालिका फोहिईमा स्याउ रोप्न जाने कार्यक्रम रहेको विप्लवका प्रचार विभाग सदस्य प्रकाश डुम्रेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभरका गैरआवासीय नेपालीले एकताबद्ध एनआरएनए चाहेका छन्ः कुँवर
-
‘वसन्त’ नितान्त मेरो अनुभूति र ग्रामीण समाजको चित्रण हो : प्रकाश सपूत
-
पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्रको सेट परिवर्तन
-
दुर्गा प्रसाईंको राहदानी ‘ब्ल्याकलिस्ट’मा राखिँदै
-
१० बजे १० समाचार : ज्ञानेन्द्रलाई जरिवाना, राजावादी धमाधम पक्राउ पर्दा कमाण्डर फरार
-
म्यानमारमा गएको भूकम्पमा १५ जना गैरआवासीय नेपालीको मृत्यु