यस्तो छ दही र योगर्टबिचको फरक

काठमाडौँ । नेपाली भोजनमा दहीको विशेष महत्त्व छ । दही स्वास्थ्यको लागि धेरै फाइदाजनक छ । साथै, पछिल्ला वर्षहरूमा ‘योगर्ट’को ट्रेन्ड पनि चलेको छ । धेरै मानिसहरू दही र योगर्ट एउटै ठान्दछन् । दुवै दुग्धजन्य पदार्थ हुन् । दुबै उस्तै देखिन्छन् । तर यी दुईमा धेरै भिन्नता छ । के तपाईँलाई यो कुरा थाहा छ ? यिनीहरूको बनावट, स्वाद, पोषण र स्वास्थ्य लाभहरूमा धेरै भिन्नता छ ।
दही र योगर्टबिच के छ फरक ?
दही परम्परागत रूपमा दूधमा प्राकृतिक ब्याक्टेरिया मिलाएर तयार गरिन्छ । सामान्यतया यसमा ल्याक्टोबैसिलस नामक ब्याक्टेरिया पाइन्छ, जसले दूधलाई जमाउने काम गर्छ अनि यसलाई गाढा र अमिलो पनि बनाउँछ । दूधमा विशेष प्रकारका प्रोबायोटिक ब्याक्टेरिया (ल्याक्टोबैसिलस बुल्गेरिकस र स्ट्रेप्टोकोकस थर्माेफिलस) मिसाएर व्यावसायिक रूपमा योगर्ट बनाइन्छ । स्वाद र बनावट एक समान बनाउन यसलाई नियन्त्रित तापक्रममा भण्डारण गरिन्छ ।
स्वाद र बनावट
दहीको स्वाद अलि अमिलो हुन्छ र घरमै बनाइएको प्रक्रियाको कारणले गर्दा कहिलेकाहीं बनावट असमान पनि हुन सक्छ । तर योगर्टको बनावट नरम र क्रिमी हुन्छ । यसमा स्वादहरू पनि थपिएको हुन्छ जसले गर्दा दहीभन्दा यो अलि कम अमिलो हुन्छ । दहीमा प्राकृतिक रूपमा प्रोबायोटिक्स अर्थात् राम्रो ब्याक्टेरिया हुन्छन् । जसले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ । योगर्टमा अतिरिक्त प्रोबायोटिक्स थपिन्छन् । जसका कारण पाचन र प्रतिरक्षा प्रणालीको लागि यो अधिक लाभदायक हुन सक्छ । दही नेपाली भान्साको महत्त्वपूर्ण हिस्सा हो योगर्ट चाँहि पश्चिमी आहारको हिस्सा हो । यसलाई प्रायः स्न्याक्सको रूपमा, स्मूदीमा वा मिठाईको रूपमा खपत गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजसंस्था फर्काउँछु भन्नु र देहत्याग गरेका हजुरबालाई फर्काउँछु भन्नु उस्तै हो'
-
महिला तथा बालबालिकाका नाममा संघसंस्थाले लगे १ अर्ब २२ करोड
-
तौल घटाउन दही खाने कि मोही ?
-
योगी आदित्यनाथ बन्लान् नरेन्द्र मोदीको उत्तराधिकारी ?
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बाढीले क्षतिग्रस्त सडकको ठेक्का खुल्यो, पुलको किन खुलाइएन ?