सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
आइतबार, ११ फागुन २०८१, १६ : १२

सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिर्चैया र धनगढीमाइमा आज भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मिर्चैया नगरपालिका–७ मा रहेकोे ट्रकमा ‘पिकअप भ्यान’ ठोक्किँदा त्यसका सहचालक सिन्धुलीको दुधौली नगरपालिका-१४ का २७ वर्षीय मिलन सुनारको घट्नास्थलमा मृत्यु भएको हो ।
पिकअप भ्यानका चालक दुधौली नगरपालिका—१४ का सागर सुनार अवस्था गम्भीर छ । यसैगरी, धनगढीमाइ नगरपालिका–१० कसहाबाट लहानतर्फ गइको टिपरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ का ५७ वर्षीय अजबलाल साहको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु