दिनहुँ चिया सिड खानुका यस्ता छन् फाइदा

काठमाडौँ । चिया सिड प्राचीन माया र एजटेक सभ्यतासँग जोडिएका छन् । माया भाषामा ‘चिया’को अर्थ शक्ति हो ।
चिया सिड निकै सानो तर अविश्वसनीय रूपमा शक्तिशाली बीउ हो । यसमा प्रोटिन, फाइबर, एन्टिअक्सिडेन्ट, ओमेगा–३ समेत अन्य धेरै आवश्यक खनिजहरू प्रशस्त मात्रामा पाइने भएकाले यसलाई सुपरफुड पनि मानिन्छ ।
विज्ञहरूका अनुसार हरेक दिन २ चम्चा चिया सिड खानु स्वास्थ्यको लागि अत्यन्तै फाइदाजनक हुन्छ । तर, यसको धेरै सेवनले पाचन समस्या निम्त्याउन सक्छ । यी सिडले पानी सोस्छ र जेल जस्तो बनावट बनाउँछन् । त्यसैले, तिनीहरूलाई आहारमा सही तरिकाले समावेश गर्नु महत्त्वपूर्ण हुन्छ ।
बिहानको खाजामा
चिया सिडलाई बिहानको खाजामा ओटमिल, स्मूदी, दही वा जाउलोमा मिसाएर खान सकिन्छ । यसले खानाको पौष्टिकता त बढाउँछ नै लामो समयसम्म शरीरलाई ऊर्जावान पनि राख्छ ।
स्वस्थ पेयमा प्रयोग
नरिवल पानी, कागती पानी, ग्रिन टी वा जुसमा भिजाएर पनि चिया सिडलाई खान सकिन्छ । यसरी खाँदा शरीरलाई विषाक्त पदार्थबाट मुक्त गर्न र हाइड्रेसन कायम राख्न मद्दत गर्छ ।
चिया सिड पुडिङ्ग
स्वस्थ र स्वादिष्ट खाजा चाहनेले चिया सिडलाई बीउलाई दूध वा बदामको दूधमा भिजाएर मह र फलफूलसँग मिसाएर पुडिङ्ग बनाएर पनि खान सक्छन् । यो स्वादिष्ट र पौष्टिक दुवै हुन्छ ।
रोटी र पराठामा मिसाएर
चिया सिडलाई गहुँको पीठोमा मिसाएर रोटी वा पराठा बनाउनु सकिन्छ । यसले खानालाई अझ स्वस्थ र फाइबरयुक्त बनाउँछ ।
सलादहरूमा छर्किएर
सलादमाथि चिया सिडलाई छर्किएर खाँदा सलादको कुरकुरापन त बढ्छ नै यो झनै पौष्टिक पनि बन्छ ।
बेकिंगमा प्रयोग
घरमै रोटी, मफिन वा कुकिज बनाउनुहुन्छ भने त्यसमा चिया सिड हालेर त्यसको पोषण मूल्य बढाउन सकिन्छ ।
दाल वा सुपमा हालेर
सुप, तरकारी वा दालमा चिया सिडलाई हाल्दा पाचन सुधार गर्छ । यसले सुप, तरकारी र दालको पोषण क्षमता पनि बढाउँछ ।
यस्ता छन् चिया सिडका स्वास्थ्य लाभ
प्रोटिनको उत्कृष्ट स्रोत
चिया सिडमा शरीरको ऊर्जा र प्रतिरक्षा प्रणालीको लागि आवश्यक नौ वटा आवश्यक एमिनो एसिडहरू हुन्छन् । यो शाकाहारीहरूका लागि प्रोटिनको उत्कृष्ट विकल्प हो ।
उच्च फाइबर कन्टेन्ट
यसमा पाइने फाइबरले पाचन प्रणालीलाई सुधार गर्छ; रगतमा चिनी नियन्त्रण गर्छ र कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ । यसबाहेक, यसले पेटलाई लामो समयसम्म ढम्म भरिएको जस्तो अनुभूति दिन्छ र तौल घटाउन पनि मद्दत गर्छ ।
एन्टिअक्सिडेन्टले भरिपूर्ण
चिया सिडमा क्याफिक एसिड, माइरिसेटिन, क्वेरसेटिन र रोसमारिनिक एसिड जस्ता एन्टिअक्सिडेन्ट पाइन्छ । यी तत्वहरूले शरीरलाई हानिकारक फ्री रेडिकलबाट बचाउँछ अनि मुटु रोग र क्यान्सर जस्ता रोगहरूको जोखिम कम गर्छ ।
ओमेगा–३ फ्याटी एसिडको राम्रो स्रोत
यसमा प्रशस्त मात्रामा ओमेगा–३ फ्याटी एसिड पाइन्छ, जसले मुटुको स्वास्थ्यलाई बढावा दिन्छ; सुन्निएको कम गर्छ र मस्तिष्कको कार्यमा सुधार गर्छ ।
आवश्यक खनिजहरूको भण्डार
चिया सिडमा क्याल्सियम, म्याग्नेसियम, आइरन र जिंक पाइन्छ, जुन हड्डी बलियो बनाउन, प्रतिरक्षा प्रणाली बलियो बनाउन र कोषहरूको वृद्धिमा सहयोगी हुन्छ ।
कम क्यालोरी, बढी फाइदा
केवल २ चम्चा चिया सिडमा १३८ क्यालोरी हुन्छ । यसले कम क्यालोरीमै बढी पोषण प्रदान गर्दछ अनि लामो समयसम्म पेट भरिएको महसुस गराउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टाटा नेक्सनको नयाँ भर्जन के थ्री नेपालमा, मूल्य कति ?
-
पर्सामा अनलाइन जुवा खेलाउने एक जना भारतीय पक्राउ, अदालतबाट ५ दिनको म्याद थप
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्रको अभिव्यक्तिले संसदमा तरंगदेखि उर्जामन्त्रीको विरोध गर्ने कर्मचारीलाई हटाउन मन्त्रालयको ताकेतासम्म
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति