पोल्यान्डका राष्ट्रपति डुडा र ट्रम्पबिच भेटवार्ता

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पोल्यान्डका राष्ट्रपति आन्द्रेज डुडाबीच भेटवार्ता भएको छ । शनिबार कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्स (सीपीएसी)को क्रममा दुईबिच भेट भएको हो । यस भेटघाटमा राष्ट्रपति ट्रम्पले पोल्यान्ड र अमेरिकाबिचको घनिष्ठ सम्बन्धलाई पुनः उद्धृत गर्दै देशको रक्षा बजेट बढाउने राष्ट्रपति डुडाको निर्णयको प्रशंसा गरेका थिए ।
‘सीपीएसीको क्रममा राष्ट्रपति ट्रम्पले पोलिस राष्ट्रपति आन्द्रेज डुडासँग भेट गरे र दुई देशबिचको बलियो सम्बन्धलाई दोहोर्याए,’ माइक्रो ब्लगिङ वेबसाइट एक्समा ह्वाइट हाउसले भनेको छ ।
यसअघि शुक्रबार डुडाले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग फोनमा कुराकानी गरेका थिए । युक्रेनमा शान्ति ल्याउन अमेरिकाको भूमिका धेरै महत्त्वपूर्ण भएकोले उनले अमेरिकासँग सहकार्य कायम राख्नु पर्ने डुडाले बताएका थिए । अमेरिकालेसहयोग नगरेसम्म युद्ध रोक्ने र युक्रेनमा दिगो शान्ति ल्याउने अर्को कुनै उपाय नभएको पनि उनले भनेका थिए ।
शनिबार नै ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न अपिल गरेका थिए । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई युद्ध रोक्न वार्ता गर्न सल्लाह दिए । ‘युद्ध अन्त्य गर्न पुटिन र जेलेन्स्कीले मिलेर काम गर्नुपर्छ । हामीले युद्ध रोक्नु पर्छ र लाखौँको जीवन बचाउनु पर्छ । म युद्धविराम चाहन्छु र यो मामिलाको समाधान चाहन्छु । यो युद्धले अमेरिकालाई प्रत्यक्ष असर गर्दैन, तर यो युरोपको लागि ठुलो समस्या हो ।’ ट्रम्पले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक
-
टाटा नेक्सनको नयाँ भर्जन के थ्री नेपालमा, मूल्य कति ?
-
पर्सामा अनलाइन जुवा खेलाउने एक जना भारतीय पक्राउ, अदालतबाट ५ दिनको म्याद थप
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्रको अभिव्यक्तिले संसदमा तरंगदेखि उर्जामन्त्रीको विरोध गर्ने कर्मचारीलाई हटाउन मन्त्रालयको ताकेतासम्म