सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय
पत्रकार सम्मेलन

सेनाले जिम्मा पाएका ३२ वटा सडक आयोजना सम्पन्न, के हुँदैछ फास्ट ट्र्याक ?

आइतबार, ११ फागुन २०८१, १५ : २८
आइतबार, ११ फागुन २०८१

काठमाडौँ । नेपाली सेनाले आफूले जिम्मेवारी पाएकामध्ये हालसम्म ३२ वटा सडक आयोजना सम्पन्न गरिसकेको जनाएको छ ।  त्यस क्रममा १ हजार ४ सय किलोमिटर भन्दा बढी सडकको पाईलट ट्र्याक खोली नेपाल सरकारलाई हस्तान्तरण गरिएको सेनाको भनाइ छ । 

यस्तै हाल ४ वटा सडक आयोजनाहरु (खाँदबारी–किमाथाङ्का सडक, बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक, कर्णाली कोरिडोर सडक र दार्चुला–टिंकर सडक) अन्तर्गत २ सय किलोमिटर भन्दा बढी सडक निर्माण भइरहेको सेनाले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । 

राष्ट्रिय गौरवका आयोजनाहरुलाई तोकिएकै मितिमा निर्माण कार्य सम्पन्न गर्न नेपाली सेनाले प्राथमिकताका साथ कार्य गरिरहेको समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  जसअनुसार काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजना काम भइरहेको सेनाले जनाउको छ । 

उक्त आयोजना निर्माण तथा व्यवस्थापनको जिम्मेवारी सेनाले २०७४ साल वैशाख २१ गते पाएको थियो ।  कुल ७०.९७७ किलोमिटर लम्बाई रहेको सो आयोजनाको भौतिक प्रगति ३८.२६ प्रतिशत र वित्तीय प्रगति ३९.८४ प्रतिशत रहेको सेनाको भनाइ छ । 

त्यसैगरी, आयोजना अन्तर्गत रहेका जम्मा ७ वटा सुरुङ्गहरु मध्ये २ वटा सुरुङ्गको ब्रेकथ्रु सम्पन्न भईसकेको र २ वटा सुरुङहरु निर्माणाधीन रहेको सेनाको भनाइ छ । यस्तै अन्य ३ वटा सुरुङ्गहरुको डिजाइन तथा पूर्व तयारीका कार्यहरु भइरहेको छ । 

विविध कारणले गर्दा   सडक आयोजनाको भौतिक प्रगति अपेक्षा अनुसार नभएतापनि लक्ष्य अनुसार कार्य सम्पन्न गर्न कोशिस भईरहेको  सेनाको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप