च्याम्पियन्स ट्रफी क्रिकेट
पाकिस्तानविरुद्धको खेलमा भारतीय टोलीसँग जोडियो यो नचाहेको कीर्तिमान
आइतबार, ११ फागुन २०८१, १५ : २४

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको नवौँ संस्करणमा हाल दुई चिरप्रतिद्वन्द्वी भारत पाकिस्तानबिचको खेल जारी छ । भारत र पाकिस्तानबिचको खेल संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भइरहेको छ ।
उक्त खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दैछ । उक्त खेलमा टस हारेसँगै भारतीय टोलीको नाममा एउटा नचाहेको कीर्तिमान जोडिन पुगेको छ । यो खेलसँग भारतीय टोली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार सबैभन्दा बढीपटक टस हार्ने टोली बनेको छ ।
भारतीय टोलीले लगातार १२ औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा टस हारेको हो । यसअघि यो कीर्तिमान नेदरल्यान्ड्सको नामसँग जोडिएको थियो । नेदरल्यान्ड्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार ११ पटक टस हारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित