गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुम्वासीलाई दिइयोस् : देवेन्द्र पौडेल
आइतबार, ११ फागुन २०८१, १५ : ०६

काठमाडौँ । माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले वर्तमान सरकारले सुकुम्वासीहरूलाई जग्गा दिने नै हो भने खोला खोल्सा र वनको जग्गा नभई गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा दिन माग गरेका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका पौडेलले माओवादी केन्द्र समाजवादी प्रणालीमा जाने कित्ता क्लियर रहेको बताए ।
‘उत्पीडित जनताको हित गर्ने समाजवाद माओवादीको कित्ता हो’, उनले अध्यादेशको प्रसंगमा भने, ‘सुकुम्वासीलाई सडक, वन र खोलाको जग्गा दिने होइन । दिने नै हो भने गिरीबन्धु टिस्टेटको जग्गा प्लटिङ गरेर दिइयोस्, छाला जुत्ताको जग्गा दिइयोस् माओवादी सहयोग गर्न तयार छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलामुखिको बार आज कुन राशिलाई कति लाभदायी ?
-
मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा भोगचलन गर्नेको पोल्टामा
-
चारदेशीय टी-२० आई सिरिजः नेपाल कुवेतसँग खेल्दै
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ
-
च्याम्पियन्स लिगमा पीएसजीको महत्वपूर्ण जित, अर्को भिडन्त भिल्ला पार्कमा
-
च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित, राफिन्हाले मेस्सीको रेकर्ड तोडे