सात महिनामा चार अर्ब ३९ करोडको जुत्ता चप्पल आयात
आइतबार, ११ फागुन २०८१, १४ : ५६

काठमाडौँ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा ४ अर्ब ३९ करोड रुपैयाँ बराबरको जुत्ता चप्पल आयात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार ४ अर्ब ३९ करोड ४ लाख ८५ हजार रुपैयाँ बराबरको १ करोड ६४ हजार ८२२ जोर जुत्ता चप्पल आयात भएको हो ।
उक्त परिमाणमा जुत्ता–चप्पल आयात हुँदा २ अर्ब ५९ करोड ५७ लाख ८३ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको विभागले जनाएको छ ।
गत वर्षको तुलनामा चालु वर्षमा यस्तो आयात करिब १ अर्ब ७१ करोड रुपैयाँ बराबरले आयातमा कमी आएको तथ्यांकमा देखिन्छ ।
अघिल्लो वर्षको सोही अवधिमा ६ अर्ब १० करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको १ करोड २१ लाख ८३ हजार ८९० जोर जुत्ता चप्पल आयात भएको थियो ।
सो परिमाणमा जुत्ता चप्पल आयात हुँदा ३ अर्ब ६५ करोड २८ लाख ५७ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित