केपी ओली कप
ओलीको जन्म दिनमा केक काटेर ‘केपी ओली कप’को शुभारम्भ, तस्बिरमा हेर्नुहोस्
आइतबार, ११ फागुन २०८१, १४ : ५५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिनको अवसरमा केक काटेर ‘केपी ओली कप’को शुभारम्भ गरिएको छ । एन्फा कम्प्लेक्समा आइतबार ओलीले ७४ औँ वर्षमा प्रवेश गरेको अवसरमा ओलीले केक काटेर ‘केपी ओली कप’को शुभारम्भ गरेका हुन् ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आइतबारदेखि काठमाडौँमा तेस्रो संस्करणको केपी ओली कप फुटबल च्याम्पियनसिप भइरहेको छ । प्रतियोगिताको पहिलो खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेदेखि उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसी हुने जनाइएको छ । प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने युवा संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२९ प्रतिशत उद्योग तथा प्रतिष्ठानले दिएनन् न्यूनतम पारिश्रमिक
-
‘भन्सार विधेयक, २०८१’ बहुमतले पारित
-
‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ बहुमतले पारित
-
रोजगारी र उद्यम प्रवर्द्धनका लागि उत्कृष्ट उद्यमी छनोट
-
कोशी प्रदेशसँग हार्यो बलियो विभागीय टोली पुलिस क्लब
-
सगरमाथा संवादको तीन दिन : के-के छन् कार्यक्रम ?