सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनप्याब्सनमा दुई समूहले छुट्टाछुट्टै महाधिवेशन गर्दै

आइतबार, ११ फागुन २०८१, १४ : ४०
आइतबार, ११ फागुन २०८१

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)का दुईवटा समूहले छुट्टाछुट्टै महाधिवेशन गर्न लागेका छन् । 

अध्यक्ष पाण्डव हमाल नेतृत्वको समूहले फागुन १५ र १६ गते वीरगन्जमा महाधिवेशन गर्ने घोषणा गरेको छ । त्यस्तै अर्का अध्यक्ष सुवास न्यौपाने समूहले फागुन १६ र १७ गते नै काठमाडौँमा महाधिवेशन गर्ने घोषणा गरेको छ । 

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी न्यौपाने समूहले महाधिवेशनको घोषणा गरेको हो । 

दुवै समूहले संस्थाको आठौँ महाधिवेशन गर्न लागेका हुन् । दुवै समूहले आफू आधिकारिक रहेको दाबी गर्दै समेत आएका छन् । 

२०७८ साल फागुन २२ र २३ गते नेपालगन्जमा ७ औँ महाधिवेशन सम्पन्न भएको थियो । त्यो बेला निर्वाचन नगरेर सहमतिको आधारमा १८/१८ महिनाको अध्यक्षता बाडेको थियो । पहिलो १८ महिना हमालले अध्यक्षता गर्ने र त्यसपछिको १८ महिना सुवास न्यौपानेले गर्ने लिखित रूपमा सहमति भएको थियो । 

‘त्यहाँ इमान्दारिता र नैतिकताको समस्या देखियो । १८ महिनापछि पाउनुपर्ने कुरा नपाएर मेरो पदस्थापन भइसकेपछि उच्च अदालतमा मुद्दा दायर गर्नुभयो । अदालतले रिट खारेज गरिदियो,’ न्यौपानेले भने । 

हमालले पद हस्तान्तर नगरी अध्यक्षताको दाबी नछाडेपछि न्यौपाने समूहले पदबहाली घोषणा गरेर दुवै समूहले समानान्तर गतिविधि चलाउँदै आएका थिए । हमालले भने छलफल नै नगरी हस्तान्तरण नहुँदै स्वघोषणा गरेपछि समस्या आएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप