मेस्सीको उत्कृष्ट प्रदर्शनपछि हारबाट जोगियो इन्टर मियामी

काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनल मेस्सीले उत्कृष्ट प्रदर्शनपछि इन्टर मियामी मेजर लिग सकर (एमएलएस) को नयाँ सिजनको आफ्नो पहिलो खेलमा सम्भावित हारबाट जोगिएको छ ।
आइतबार विहान सम्पन्न खेलमा हारको अत्यन्तै नजिक पुगेको इन्टर मियामीले अन्तिम समयमा आएर न्यू योर्क सिटी एफसीलाई २–२ गोलको बराबरीमा रोकेको हो । खेलको प्रारम्भमै इन्टर मियामी १० खेलाडीमा समेटिएको थियो । निर्धारत समयको २३औँ मिनेटमा इन्टर मियामी टोमस एभिल्स सिधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
त्यसअघि, निर्धारित समयको पाँचौँ मिनेटमै एभिल्सले नै इन्टर मियामीलाई अग्रता दिलाएका थिए । एभिल्सलाई उक्त गोलका लागि मेस्सीले नै उत्कृष्ट पास उपलब्ध गराएका थिए । इन्टर मियामी १० खेलाडीमा समेटिएलगत्तै न्यू योर्क सिटीले जवाफी गोल फर्काएको थियो । न्यू योर्क सिटीका लागि निर्धारित समयको २६औँ मिनेटमा मिट्जा इलेनिकले जवाफी गोल गरेका थिए ।
त्यसपछि खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । निर्धारित समयको ५५औँ मिनेटमा एलोन्सो मार्टिनेजले न्यू योर्क सिटीलाई अग्रता दिलाएका थिए । खेलमा न्यू योर्क सिटी जितको नतिजा पुगिसकेको थियो । तर, इन्जुरी समयको १०औँ मिनेटमा टेलास्को सेगोभियाले गोल गर्दै इन्टर मियामीलाई सम्भावित हारबाट जोगाएका थिए ।
टेलास्कोलाई पनि गोलका लागि कीर्तिमानी रुपमा आठ पटकका बालेन डी’ओर विजेता स्टार मेस्सीले नै कलात्मक पास उपलब्ध गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीको प्रदर्शनमा ज्यान गुमाएका पत्रकार रजकको १३ औँ पुण्य तिथिमा दीप प्रज्वलन
-
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अझै सुधार गर्नुपर्छ–प्रदेश प्रमुख
-
५ सय ६० मत गन्न बाँकी रहँदा बारको गणना स्थगित
-
पर्यटनले शिथिल अर्थतन्त्र चलायमान बनाउने छ : उपप्रधानमन्त्री सिंह
-
आफ्नो मिम बनाएकोमा दुर्गा प्रसाईँको गुनासो
-
मानवअधिकारवादीको रोहबरमा सार्वजनिक हुन तयार छुँ : दुर्गा प्रसाईं