ओली सरकार नालायक र अयोग्य छ : माधव नेपाल
आइतबार, ११ फागुन २०८१, १६ : ००

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली नेतृत्वको वर्तमान सरकार नालायक,अयोग्य, असक्षम र देश तथा जनताप्रति गैरजिम्मेवार रहेको आरोप लगाएका छन् ।
आइतबार अखिल नेपाल महिला संघ (समाजवादी) को सातौँ केन्द्रीय बैठकलाई काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान सरकारले संविधान समेत कुल्चने बताएका हुन् ।
‘यो सरकार नालायक, अयोग्य, असक्षम र गैर जिम्मेवार मात्र होइन संविधान, नियम कानुन र विधान समेत कुल्चिन्छ’, अध्यक्ष नेपालको भनाइ छ ।
ओलीले संसद् विघटन गरेको पहिलाको नजिर रहेको नेपालले बताए । पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले मुलुकको आर्थिक अवस्था कमजोर रहेको भन्दै सरकार नै अनुत्पादक क्षेत्रमा खर्च गर्न उद्यत रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल
-
१० बजे १० समाचार : २२ वर्षीय युवकले पारे एक करोड झ्वाम, पूर्व प्रदेश प्रमुख फरार
-
लक्ष्यअनुसार प्रगति हासिल हुनेगरी काम गर्न ऊर्जामन्त्रीको निर्देशन
-
संयन्त्रको बैठकपछि गृहमन्त्रीले भने, ‘कांग्रेस र एमालेबिच कुनै समस्या छैन’
-
नेविसंघ केन्द्रीय प्रचार प्रसार विभागको संयोजकमा महतो नियुक्त