मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

स्वास्थ्य बिमा कार्यक्रम रोकिएकोबारे संसद्‌मा उठ्यो प्रश्न

आइतबार, ११ फागुन २०८१, १४ : १९
आइतबार, ११ फागुन २०८१

काठमाडौँ । सरकारले भुक्तानी नदिएको भन्दै विभिन्न अस्पतालहरूले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेकोबारे प्रतिनिधिसभामा प्रश्न उठेको छ । आइतबारको शून्य समयमा कांग्रेस सांसद जीवन परियारले सरकारले स्वास्थ्य बिमाको रकम नदिँदा आम नागरिकले दुःख पाएको बताएका हुन् । 

‘सरकारले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतको भुक्तानी रोक्यो भन्दै विभिन्न अस्पतालले स्वास्थ्य बिमा लागु गर्न छोडेका छन्,’ सांसद परियारले भने, ‘जसले सर्वसाधारणले सुविधा उपभोग गर्न पाएका छैनन् । यसबारे सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतको भुक्तानी नदिएको भन्दै सेवा रोकेको सूचना नै सार्वजनिक गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप