अव्यवस्थित काठमाडौँलाई व्यवस्थित बनाउन समय लाग्ला, काम थाल्छौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले अव्यवस्थित रूपमा विकास भइरहेको काठमाडौँलाई व्यवस्थित रूपमा विकास गर्नका लागि अब काम प्रारम्भ गर्नुपर्ने बताएका छन् । काठमाडौँ उपत्यका भौतिक विकास समितिको आइतबार सहरी विकास मन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री सिंहले कुनै न कुनै विन्दुबाट काठमाडौँलाई व्यवस्थित गर्नका लागि काम प्रारम्भ गर्नुपर्ने बताए ।
काठमाडौँ कुनै बेला उर्वर कृषि भूमि रहेको भन्दै चाहेर नचाहेर अहिले अव्यवस्थित र कुरूप सहरका रूपमा विकसित हुन पुगेको भन्दै उपप्रधानमन्त्री सिंहले विगतका कमजोरीहरूलाई सच्याउन समय लागे पनि काम भने अघि बढाउने बताए ।
‘धान उब्जनी हुने खेतहरूमा अहिले घरै घर बनेको छ । काठमाडौँ अव्यवस्थित सहरका रूपमा विकसित भएकाले अब बिस्तारै व्यवस्थित सहरका रूपमा लैजानका लागि हामीले कुनै न कुनै विन्दुबाट काम गर्नुपर्ने हुन्छ । काम गर्नका लागि अब प्रारम्भ गर्नुपर्छ,’ उनले भने । उपप्रधानमन्त्री सिंहले अब बन्ने सहरहरूलाई व्यवस्थित गर्नका लागि सहरी नीति मन्त्रिपरिषदबाट पारित भइसकेको बताए । मन्त्रालयमध्ये सहरी विकास मन्त्रालय कान्छो मन्त्रालय भएको भन्दै आफूले नेतृत्व सम्हालेपछि कामहरूले गति पाएको सिंहको भनाई थियो ।
‘सहरी विकास मन्त्रालय नेपाल सरकारका सबैभन्दा कान्छो मन्त्रालयकै रूपमा छ । मन्त्रालय गठन भएको यतिका वर्षपछि बल्ल एउटा सहरी नीति मन्त्रिपरिषद्बाट पास भएको छ । यो भन्दा अघि मन्त्रालयमा रहेका मन्त्रीज्यूहरूले पनि कोसिस गर्नुभएको हो । परिस्थिति मिलेन होला । हुन सकेको थिएन । मन्त्रालय स्थापना भएदेखि काम गर्दै गर्दै बल्ल अहिले आएर सहरी विकास नीति पास भएको छ,’ उनले भने ।
उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री सिंहले अगाडिको सरकारले गर्न नसकेका राम्रा कामहरूलाई सरकारले पूर्णता दिने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त