नेपाल मुस्लिम इत्तेहाद संगठनको महाधिवेशन वैशाखमा हुने
आइतबार, ११ फागुन २०८१, १४ : ०२

काठमाडौँ । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौँ राष्ट्रिय महाधिवेशन वैशाख २० र २१ गते हुने भएको छ । शनिबार एमाले मुख्यालय च्यासलमा बसेको संगठनको केन्द्रीय कमिटी बैठकले राष्ट्रिय महाधिवेशन बाँकेको नेपालगन्जमा गर्ने निर्णय गरेको हो ।
संगठनका केन्द्रीय अध्यक्ष सेराज अहमद फारुकीको अध्यक्षतामा बसेको बैठकमा एमाले महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । बैठकले १३ वटा उपसमिति गठन गरी महाधिवेशन भव्यताका सम्पन्न गर्ने निर्णय गरेको छ ।
महाधिवेशनका प्रमुख अतिथि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली हुने राष्ट्रिय महाधिवेशन प्रचारप्रसार उपसमिति सदस्य क्यामुद्दिन पठानले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित