सोमबार, २५ चैत २०८१
ताजा लोकप्रिय

सांसद श्रेष्ठको प्रश्न : सरकारले डाक्टरले दिएको राजीनामा किन स्वीकृत गर्दैन ?

आइतबार, ११ फागुन २०८१, १३ : ५५
आइतबार, ११ फागुन २०८१

काठमाडौँ । सांसद अञ्जनी श्रेष्ठले डाक्टरहरूले दिएको राजीनामा किन स्वीकृत गर्दैन भनेर प्रश्न गरेकी छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद श्रेष्ठले सरकारी सहयोगमा अध्ययन गरेका डाक्टरले पारिवारिक कारण देखाएर दिएको राजीनामा सरकारले स्वीकृत नगर्दा समस्या भएको बताएकी हुन् ।

‘डाक्टरहरूले पारिवारिक समस्या देखाएर दिएको राजीनामा सरकारले स्वीकृत नगर्दा समस्या भएको छ,’ सांसद श्रेष्ठले भनिन्, ‘राजीनामा स्वीकृत नहुँदा कागजमा डाक्टर छन्, काममा छैनन् । सर्वसाधारणले उपचार पाएका छैनन् । राजीनामा स्वीकृत गरेको भए नयाँ राख्न पाइन्थ्यो ।’

उनले छात्रवृत्तिमा पढेका डाक्टरलाई तोकिएको समय नेपालकै अस्पतालमा काम गर्ने व्यवस्थामा कडाइ गर्न माग पनि गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप