बिहीबार, २१ चैत २०८१
ताजा लोकप्रिय

२०८४ को चुनावमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई कांग्रेस सांसदको सुझाव

आइतबार, ११ फागुन २०८१, १३ : ४८
आइतबार, ११ फागुन २०८१

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सत्तामा फर्किने इच्छा भए २०८४ को चुनावमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएकी छन् । 

आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै न्यौपानले मुलुकको व्यवस्थाप्रति पूर्वराजा शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सत्तामा फर्किने इच्छा भए २०८४ को चुनावमा भाग लिन सुझाव दिइन् । 

उनले नेपालमा लोकतान्त्रिक गणतन्त्रको कसैको कृपाले नभई जनताको शक्तिले आएको भन्दै यसमाथिको प्रहार सह्य नहुने जिकिर गरिन् । 

मुलुकमा लोकतन्त्रको विकल्प लोकतन्त्रमात्रै भएकाले कुनै पनि बहानामा गणतन्त्रमाथिको प्रहार स्वीकार्य नभएको उनको भनाइ छ । 

उनले संसद जनताको आवाजको थलो भन्दा पनि आरोप–प्रत्यारोपको थलो बन्दै गएकाले लोकतन्त्रिक गणतन्त्रका लागि लडेकाहरू सचेत हुन जरुरी रहेको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप