शनिबार, ०६ वैशाख २०८२
ताजा लोकप्रिय

प्रधानमन्त्री संसद विघटन गर्न उद्दत छन् : सापकोटा

आइतबार, ११ फागुन २०८१, १३ : २५
आइतबार, ११ फागुन २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वर्तमान प्रधानमन्त्री संसद विघटन गर्न उद्दत भएको आरोप लगाएका छन् । आइतबार काठमाडौँमा प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको दास्रो अधिवेशन उद्घाटन गर्दै सापकोटाले अध्यादेशको बलमा शासन चलाउने कामले वर्तमान प्रधानमन्त्री संसद विघटन गर्न उद्दत भएको आरोप लगाएका हुन् ।

उनले प्रधानमन्त्री केपी ओलीलाई संसद बिघटन गरेर निर्वाचनमा गए आफूले बहुमत ल्याउँछु भन्ने लागेको तर्क गरे । सरकारकै कारण २३ दिनसम्म संसद कामबिहीन भएको उनले बताए । सापकोटाले अध्यादेशबाट शासन चलाउने सरकारको जमर्को पुरै असफल भएको र सरकार अध्यादेशको पासोमा परेको धारणा राखे ।

उनले मुलुकलाई सुशासनतर्फ अघि बढाउनेलाई सरकारले लखेटिरहेको बताए । उपाध्यक्ष सापकोटाले संविधान संशोधनका नाममा काग्रेसलाई समेत भ्रममा पारेर एमालेले आफ्नो नेतृत्वमा सरकार गठन गरेको तर्क गरे । 

वर्तमान सरकारबाट जनताको विश्वास पूर्णरुपमा गुमिसकेको उनको भनाइ छ । सापकोटाले प्रतिगमनको खतराबिरुद्ध खबरदारी गर्दै संविधानको रक्षा गर्न माओवादीले फागुन १२ गते झापाबाट जनतासंग माओवादी अभियान सुरु गर्न लागेको जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप