फोन समात्ने तरिकाबाट थाहा पाउनुस् कसैको ‘पर्सनालिटी’

काठमाडौँ । कुनै व्यक्तिको व्यक्तित्वबारे जान्न चाहनुहुन्छ भने उसको शारीरिक गतिविधिहरूमा ध्यान दिनुस् भनेर मनोविज्ञान भन्छ । ऊ कसरी बोल्छ ? अर्को व्यक्तिको कुरा कति सुन्छ ? कस्तो प्रतिक्रिया दिन्छ ? कति रिसाउँछ ? आदि इत्यादि ।
यसबाहेक पनि व्यक्ति उठ्ने र बस्ने तरिकाले पनि उसको व्यक्तित्वबारे बताउँछ । कुनै व्यक्तिले आफ्नो फोन समात्ने र प्रयोग गर्ने तरिकाले पनि उसको व्यक्तित्व बताउन सक्छ । अर्थात् व्यक्तिले मोबाइल कसरी समात्छ भन्ने कुराबाट उसको स्वभाव थाहा पाउन सकिन्छ । के तपाईंलाई यो कुरा थाहा छ ?
पछिल्ला केही वर्षहरूमा विश्वभर नै मोबाइल फोनको प्रयोग तीव्र गतिमा बढेको छ । हरेक उमेरका मानिसहरूको हातमा मोबाइल फोन देख्न सकिन्छ । मानिसहरू दिनभरि आफ्नो मोबाइल फोनको स्क्रिनमा टाँसिरहेका हुन्छन् । तर एउटा कुरा तपाईंले पनि याद गर्नुभएको हुनुपर्छ कि सबैको मोबाइल फोन प्रयोग गर्ने तरिका पूर्णतया फरक–फरक हुन्छ ।
कसैले एक हातले स्क्रिन स्क्रोल गरिरहेको देखिन्छ कोही दुवै हातले स्क्रिन स्क्रोल गरिरहेका हुन्छन् । केही मानिस निहुरिएर फोन हेर्न मन रुचाउँछन् भने केही चाहिँ मोबाइललाई आफ्नो अनुहारको ठिक सामुन्ने ल्याएर चलाउँछन् ।
सबैको व्यक्तित्व फरक हुने भएकाले फोन समात्ने तरिका पनि सबैको तरिका फरक–फरक हुन्छ । कुनै पनि व्यक्तिले कसरी फोन चलाइरहेको छ, त्यसले उसको व्यक्तित्वको बारेमा धेरै कुरा बताउने विशेषज्ञहरू भन्छन् ।
एक हातले फोन समातेर स्क्रोल गर्ने
कोही मान्छे एकै हातले मोबाइल समातेर औँलाले फोन स्क्रोल गर्छ भने त्यो व्यक्ति धेरै हँसिलो, सधैँ खुसी रहने र अरूको वास्ता नगर्ने व्यक्ति हो भन्ने सङ्केत गर्छ । यस्ता व्यक्तिहरू आत्मविश्वासले भरिपूर्ण हुन्छन् । सावधानीपूर्वक विचार गरेपछि मात्रै कुनै पनि निर्णय लिन्छन् । उनीहरूको जीवनमा कठिन परिस्थितिहरू आउँछ भने पनि नअत्तालिकन साहसका साथ काम यसको सामना गर्छन् । यस्ता व्यक्तिहरूले अरूको पनि सम्मान गर्छन् । जीवनप्रति सन्तुष्ट रहन्छन् । प्रायः यस्ता व्यक्तिहरूको समाजमा ठुलो मान–सम्मान हुन्छ ।
एउटै हातले फोन समातेर अर्को हातले स्क्रोल गर्ने
तपाईं हामीमध्ये कोही चाहिँ एउटा हातले फोन समातेर अर्को हातका औँलाले स्क्रोल गर्छौ । यस्ता मानिसहरू बुद्धिमान हुन्छन् । उनीहरूले हरेक यसो गर्दा के होला भन्ने जाँचेर मात्रै कुनै पनि काम गर्छन् । सधैँ सतर्क रहन्छन् । यिनीहरूमा मान्छे चिन्ने कला हुन्छ ।
दुवै हातले फोन समात्ने
कतिपय मानिसहरूले दुवै हातले फोन समात्छन् । यी मानिसहरू व्यावहारिक हुन्छन् । अरूलाई मद्दत गर्न यिनीहरू सधैँ तयार हुन्छन् । अरूको पीडा देख्दा यिनीहरूको मन कटक्क खान्छ । यी व्यक्तिहरू चाँडै अरूलाई विश्वास गरिहाल्छन् ।
यस्ता व्यक्तिहरू मेहनती हुन्छन् र कडा परिश्रमबाट मात्र सफलता प्राप्त गर्न चाहन्छन् । यिनीहरूलाई चुनौतीहरू मन पर्छ । एकदमै उत्साहित रहन्छन् ।
अस्वीकरण: यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग
-
नेपालमा शङ्कास्पद गतिविधि संलग्न ७ जना बंगलादेशी नागरिक पक्राउ
-
सेनाले भन्यो– ‘रुख काट्ने प्रक्रिया पुरा गर्न ११ महिना लाग्छ’
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस एमालेको प्रतिवाद
-
नेप्सेको प्रमुख कार्यकारी अधिकृत छान्न अर्थ मन्त्रालयले बनायो समिति
-
‘जेन–जी’को युगमा ‘जेरोन्टो’को नेतृत्व