आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

डुबेर दुई बालकको मृत्यु

आइतबार, ११ फागुन २०८१, १२ : ४९
आइतबार, ११ फागुन २०८१

काठमाडौँ । विभिन्न जिल्लामा डुबेर २ जना बालकको मृत्यु भएको छ । कपिलवस्तु र रुपन्देहीमा डुबेर २ जना बालकको मृत्यु भएको हो । 

कपिलवस्तुको शुद्धोदन गाउँपालिका–३ सानो सिसनियास्थित गोल्ड इँटा भट्टामा काम गर्ने भारत गोरखपुर फटलाईजर घर भएका झिनक निसादको छोरा ९ महिनाको दिवांश निसादको डुबेर मृत्यु भएको छ ।

शनिवार दिउँसो सोही इँटा भट्टाभित्र रहेको पानी जम्मा भएको खाल्डोमा डुबेर निसादको मृत्यु भएको हो । डुबेर अशक्त भएका उनको अलसेक अस्पताल लबनीमा उपचारको क्रममा मृत्यु भएको  प्रहरीले जनाएको छ । 

त्यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बदेलपोखरी बस्ने यमबहादुर कामु मगरका छोरा ७ वर्षीय विपिन कामु मगरको पनि डुबेर मृत्यु भएको छ । 

सोही ठाउँस्थित कल्भर्टमा डुबेर शनिवार बेलुकी कामुको मृत्यु भएको हो । डुबेर अशक्त भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप