समाचार
मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको ताकेता
आइतबार, ११ फागुन २०८१, १६ : ०४

काठमाडौँ । विभागीय मन्त्री दीपक खड्काको विरोध गरेको भन्दै एक कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पत्र काटेको छ ।
दूधकोशी जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृत विमल गुरुङले मन्त्रालय र मन्त्रीकाबारे सामाजिक सञ्जालमा गैर जिम्मेवार ढङ्गले समाचार सम्प्रेषण गरेको भन्दै मन्त्रालयले उनलाई सो जिम्मेवारीबाट तत्काल हटाउन प्राधिकरणलाई निर्देशन दिएको हो ।
'नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकमा समेत छलफल गरी निर्देशन समेत भएकोमा निजलाई हालसम्म पनि सो जिम्मेवारीबाट नहटाएको भन्ने बुझिन आएको हुँदा निजलाई तत्काल सो जिम्मेवारीबाट हटाई यस मन्त्रालयलाई सो को जानकारी गराउनुहुन मिति २०८१-११-८ को सविस्तारको निर्णयअनुसार अनुरोध छ', शाखा अधिकृत यत्र प्रसाद सुवेदीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा
-
वडाध्यक्षलाई विद्युत् पोलमा बाँधिएको भिडियो भाइरल- के हो वास्तविकता ?
-
१० बजे १० समाचार : राजु पाण्डेलाई निलम्बन गर्न मागदेखि रास्वपा नेतृविरुद्ध अवलेहलना मुद्दासम्म
-
कोरला नाकामा प्रदेशको भवनबाट अध्यागमन कार्यालय हटाउन संघलाई मुख्यमन्त्री पाण्डेको चेतावनी
-
मालिकार्जुन गाउँपालिकाले मासिक रूपमा शिक्षकको तलब खातामै पठाउने
-
‘शिक्षकहरुको धैर्यताको बाँध टुट्ने अवस्थामा पुगिसक्यो’