आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

कास्कीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

आइतबार, ११ फागुन २०८१, १२ : २५
आइतबार, ११ फागुन २०८१

कास्की । कास्कीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको माछापुच्छ्रे गाउँपालिका– ८ लुम्रेपाखा बस्ने ५९ वर्षीय मन बहादुर विकलाई भरुवा बन्दुक २ थान र बारुद सहित शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप