अवैध सालको काठसहित दुई जना पक्राउ
आइतबार, ११ फागुन २०८१, १२ : १३

काठमाडौँ । नेपाल प्रहरीले अवैध सालको काठसहित दुई जनालाई पक्राउ गरेको छ । आज गए राति १ः३० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले दुई जनालाई पक्राउ गरेको हो ।
गस्तीको क्रममा रौतहटको चन्द्रपुर नगरपालिका–४ बाट वर्ष ३२ का जयकिशोर कुमार र वर्ष ४० को सनिचर धामी पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट ४ वटा साइकलमा लोड गरी लुकाई छिपाई चिडया दहबाट चपुर तर्फ लैजादैँ गरेको अवस्थामा सालको काठको गोलिया २१ क्युफिट, साईकल ४ थान बरामद गरि कारवाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा दाखिला गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिलवस्तुबाट करिब १५ केजी चरेससहित ३ जना पक्राउ
-
लुम्बिनी प्रादेशिक अस्पताल एसएमएस मूल्याङ्कनमा उत्कृष्ट
-
के हो चीनमा भेटिएको कोभिडजस्तै नयाँ भाइरस एचकेयू ५–कोभ २ ?
-
बहुआयामिक महत्वको मधानी महोत्सव सुरु
-
६ महिनामा १४ हजार सैनिक विपद् व्यवस्थापनमा परिचालन
-
दुबई पुगेका उपेन्द्रले भने- विभेदकारी राज्य ध्वस्त पार्न अन्तिम लडाइँ लड्नुपर्छ