बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

मुद्दा मामिला झेलेको लाज शरणम् सेन्सर पास

आइतबार, ११ फागुन २०८१, १२ : ०६
आइतबार, ११ फागुन २०८१

काठमाडौँ । चलचित्र लाज शरणम् सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले उक्त फिल्मको सेन्सर पास गरेको हो ।

चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन २०२६ को दफा ८ बमोजिम नेपालभर प्रदर्शनका लागि स्वीकृति प्रदान गरिएको समितिले जारी गरेको प्रमाणपत्रमा उल्लेख छ ।

यसअघि संचार तथा सूचना प्रविधि मन्त्रालयमा  कानून विभाग हेर्ने अधिकारीसहित उपस्थित बैठकमा चलचित्रको जाँच गरिएको थियो । सो क्रममा फिल्मको विषयवस्तु सामान्य नै भएको पाइएसँगै पास गरिएको बताइएको छ ।

 पूर्वमन्त्री अफताव आलमले आफूजस्तो देखिने चरित्र चित्रण गरेको भन्दै फिल्मविरुद्ध पाटन उच्च अदालतमा निषेधाज्ञाको रिट दायर गरेका थिए । आलमको रिटमा सुनुवाइ गर्दै अदालतले सेन्सरअघि फिल्मको प्रचारप्रसार नगर्न र नगराउन आदेश दिएको थियो ।

यससँगै अब फागुन १४ देखि चलचित्र प्रदर्शनको बाटो खुला भएको छ ।

fff

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप