बेलायतमा मौसमी कामदारका नाममा पैसा उठाउने गिरोह सक्रिय

काठमाडौँ । बेलायतमा मौसमी कामदार (सिजलन वर्कर) मा पठाइदिने भन्दै पैसा उठाउने गिरोहहरू सक्रिय हुन थालेका छन् ।
सामाजिक सञ्जालमार्फत तथा फोन कलमार्फत व्यक्तिहरूलाई बेलायतमा मौसमी कामदारका लागि पठाईदिने भन्दै पैसा असुल्नेहरू सक्रिय हुन थालेका हुन् ।
यस विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायतका निकायमा गुनासो समेत आएसँगै विभागले सचेत गराएको छ ।
विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै बेलायतमा मौसमी कामदार पठाउने गरी कुनै नीतिगत निर्णयहरू नभएकाले प्रलोभनमा पार्नेहरूबाट समेत रहन भनेको हो ।
विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले मन्त्रालयको तर्फबाट कुनै पनि नीतिगत निर्णय नभएको र स्वीकृति दिई पठाउने व्यवस्था समेत नभएको बताए ।
उक्त कार्य कानुनसम्मत नहुने भएकाले कुनै पनि संस्था वा व्यक्तिसँग कुनै रकम लेनदेन नगर्न अनुरोध गरे । अवैधानिक प्रक्रियाबाट जाने सोच तथा योजना नबनाउन समेत सबैमा अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकका जायज माग पुरा गर्न सरकारको ध्यान जानुपर्छ : सभापति देउवा
-
एन्टीबायोटिक्सले पनि काम नगर्दा ३० लाख बालबालिकाको मृत्यु : अध्ययन
-
सामाजिक सद्भाव कायम गर्न मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको सराहना
-
उपाधिबाट चुक्यो नेपाल, फाइनलमा कुवेतसँग तीन रनले हार्यो
-
सोनुले किन तोडिन् टोनी र नेहासँग आफ्नो सम्बन्ध ?
-
देश बन्न वा बिग्रनुमा राजनीति र शिक्षाको भूमिका