अमेरिकी चुनावमा भारतको मद्दत लिने कुरा किन गरे ट्रम्पले

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको चुनावका लागि अमेरिकी अन्तरराष्ट्रिय विकास नियोग (यूएसएड) ले दिएको १ करोड ८० लाख डलर सहयोगमाथि फेरि प्रश्न उठाएका छन् । अमेरिकाले भारतलाई यो पैसा दिनु आवश्यक नभएको उनको भनाइ छ । अमेरिकाले आफ्नो चुनावमा कागजको मतपत्र प्रयोग गर्नुपर्ने बरु उल्टै भारतबाट सहयोग लिनुपर्ने उनले बताए ।
‘हामी चुनावको लागि भारतलाई १ करोड ८० लाख डलर किन दिइरहेका छौँ ? हामी आफैँ पनि कागजको मतपत्रमा फर्कनु पर्छ र भारतलाई हाम्रो चुनावमा मद्दत गर्ने अवसर दिनुपर्छ । मतदाता परिचयपत्र अनिवार्य हुनुपर्छ । के यो राम्रो हुन्न र ?’ कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्स (सीपीएसी)मा बोल्ने क्रममा ट्रम्पले भने ।
भारत विश्वमा सबैभन्दा बढी शुल्क लगाउने देशहरूमध्ये एक भएको र अमेरिकाले त्यहाँ केही सामान बेच्ने प्रयास गर्दा भारतले उल्टै २०० प्रतिशतसम्मको शुल्क लगाउने उनले बताए । तर यति हुँदाहूँदै पनि अमेरिकाले भने भारतलाई उनीहरूको चुनावका लागि पैसा दिइरहेको उनले बताए ।
यूएसएडले दिएको सहायतामा यस्तो भन्छ भारत
भारतका विदेशमन्त्री एस.जयशंकरले यस विषयमा चिन्ता व्यक्त गरेका छन् । उनले भने, ‘ट्रम्प प्रशासनबाट बाहिर आएको जानकारी चिन्ताजनक छ । सरकारले यसको अनुसन्धान गरिरहेको छ । यदि यसमा कुनै सत्यता छ भने, यसमा को–को संलग्न छन् भनेर जान्न पाउने अधिकार देशलाई छ ।’
यूएसएडलाई भारतमा राम्रो काम गर्न अनुमति दिइएको थियो, तर यदि त्यहाँ कुनै गलत काम भइरहेको छ भने त्यसको अनुसन्धान गर्न आवश्यक भएकोमा पनि उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘दुई ठुला शक्ति नेतृत्वमा आउँदा बारको आवाज झन् बुलन्द हुन्छ’
-
रमा–कृष्ण साहित्य सम्मान समालोचक चूडामणि बन्धुलाई
-
‘अहिलेको चुनाव दल भर्सेस कानुन व्यवसायी हो’
-
भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने १० वटा परियोजनाहरूको एमओयूमा हस्ताक्षर
-
बागमती प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस
-
आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची