आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

एनएसएलमा नवयुग श्रेष्ठ पोखरा थन्डर्सबाट खेल्ने

आइतबार, ११ फागुन २०८१, ११ : ३३
आइतबार, ११ फागुन २०८१

काठमाडौँ । फुटबलर नवयुग श्रेष्ठले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनमा पोखरा थन्डर्सबाट खेल्ने भएका छन् । 

पोखराले आइतबार नवयुगले पोखराबाट खेल्ने जानकारी दिएको हो । पोखराका राम थापाको स्थानमा नवयुग खेल्ने क्लबका अध्यक्ष तथा प्रबन्धक जाम्लिङ घलले जानकारी दिए । 

राष्ट्रिय टोलीमा लामो समय खेलेको अनुभव भएका उनलाई पोखरामा स्वागत गर्न पाउँदा आफूलाई खुसि लागेको घलेले बताए । 

नवयुग शनिबार भएको मिनि अक्सनमा अनसोल्ड भएका थिए । नवयुग एनएसएलको पहिलो सिजनमा पोखराका मार्की खेलाडी रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप