हनिमुन मनाउन गएको जोडी आपसमै कुटाकुट गरेर फर्कियो, अदालतमा मुद्दा

काठमाडौँ । नवविवाहित जोडी ‘हनिमुन ट्रिप’मा जाने प्रचलन बढ्दो छ । तर सबैका लागि यस्तो ‘ट्रिप’ सुखद् हुँदैन भन्ने उदाहरण हालै एक भारतीय जोडीले दिएका छन् ।
भारतको उत्तर प्रदेश राज्यको महाराजगञ्जमा विवाहको १० पछि एक जोडी ‘हनिमुन ट्रिप’मा गएको थियो । ‘हनिमुन ट्रिप’कै क्रममा झगडा र कुटाकुट हुँदा यो जोडीको विवाद अहिले अदालतमा पुगेको छ ।
नवविवाहित महिलाका तर्फबाट प्रहरीमा उजुरी गरिएको आधारमा मुद्दा चलेको हो । ती महिलाले आफ्नो विवाह १२ फेब्रुअरीमा भएको खुलाएकी छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार निचलौल क्षेत्र अन्तर्गत चमनगञ्ज पुल नजिकै घर भएका रत्नेश गुप्तासँग उजुरीकर्ताको विवाह भएको थियो । विवाह लगत्तै आफूलाई पतिको घरका सदस्यले उत्पीडन गरेको ती महिलाले उजुरीमा उल्लेख गरेकी छन् ।
तत्कालै आफूले यसबारे माइती पक्षलाई जानकारी गराएको र माइती पक्ष आएर सम्झाइ–बुझाइ मामिला शान्त पारेको उनले उजुरीमा प्रस्ट पारेकी छन् ।
१९ फेब्रुअरीमा पतिसँग आफू गोवामा हनिमुन मनाउन गएको तर त्यहाँ पनि पतिले आफूलाई कुटपिट गरेको ती महिलाको जिकिर छ । उनले गोवाबाटै माइती पक्षलाई घटनाबारे जानकारी गराएको बताइन्छ । माइती पक्षले उनलाई २२ फेब्रुअरीमा गोवाबाट माइत बोलाएका थिए । त्यसपछि उनले प्रहरीमा उजुरी गरेकी हुन् ।
नवविवाहिताले प्रहरीलाई विवाह लगत्तै भएको उत्पीडन र गोवामा भएको मारपिटबारे जानकारी गराएको बताइएको छ, जसमा पतिले घाँटी थिचेर आफ्नो हत्या प्रयास गरिएको, दाइजो उत्पीडन गरेको लगायतमा उजुरी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलीको नाममा अर्को कीर्तिमान
-
तस्बिरमा हेर्नुहोस् नेपाल र म्यानमारको खेल
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा लम्साल नियुक्त
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा हाइकिङ गएर अलपत्र परेका १० किशोरहरूको उद्धार
-
नेपाल र म्यानमारको खेल बराबरीमा सकियो
-
एयरपोर्टमा सुन ल्याए नल्याएको जाँच कसरी हुन्छ ?