‘सुरक्षा संगठनमा करप्ट मेन्टालिटी छ’

सेना, सुरक्षा र अन्तर्राष्ट्रिय मामिलाका जानकार भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका डा. दीपक प्रकाश भट्ट ०७४ सालको प्रतिनिधिसभाका सदस्य हुन् । उनी त्यसबेला कञ्चनपुर–३ बाट निर्वाचित भएका थिए ।
तत्कालीन सेना समायोजन विशेष समितिमातहत रहेको प्राविधिक समितिको सदस्य भएर उनले काम गरे । लामो समय त्रिभुवन विश्वविद्यालयमा द्वन्द्व, शान्ति तथा विकास विषय अध्यापन गरेका भट्टसँग बर्दीमा बदमासी किन हुन्छ ? भन्नेबारे रातोपाटीकर्मी राजेश भण्डारीले गरेको कुराकानीको सम्पादित अंश :
- बर्दी नै लगाएका प्रहरीहरू किन बदमासीमा संलग्न भइरहेका छन् ?
राज्यको संवेदनशील सुरक्षा निकायमाथि राजनीतीकरण भइरहेको छ । जसको कारण यसको व्यावसायिकतामा ह्रास आएको छ । यसको व्यावसायिकतामा कम्प्रमाइज हुने काम सिपाही लेबलबाट होइन । जवान, असई र इन्स्पेक्टर लेभलका व्यक्तिहरूलाई बोलीचालीमा अनुशासनमा कायम गराउनुपर्छ । किनकि, उनीहरूको पेसा र व्यवसाय अरूभन्दा फरक हो, संवेदनशील हो ।
यसमा राजनीति वा आफन्त, करप्सन, निजी सम्बन्ध र नातागोतालाई प्रमोसन गर्दा अघि बढाउनेगरी म्यानुपुलेसन भएको देखिन्छ । जसका कारण सुरक्षा संगठनमा करप्ट मेन्टालिटी र प्रोफेसनालिज्म कम देखिएको छ ।
- गल्ती गर्नेहरूलाई जोगाउने र राजनीतिक संरक्षण भइरहेको देखिन्छ नि ?
त्यो एउटा फ्याक्टर हो । समाजमा लौह र स्पातिलो अनुशासन छ । कम्प्रमाइज गरेर हुनै सक्दैन भन्ने छ । मानवीय कमजोरीभन्दा पनि बदमासी बढ्ने कुरा नियोजितजस्तो देखिन थालेको छ । यस्ता घटना बढ्नमा उच्चपदस्थ व्यक्तिहरूको फेबर हो । गलत मनोवृत्तिका कारण यसले बढवा पाइरहेको छ ।
- तल्लो तहकाले कमजोरी गर्ने एउटा सवाल होला । तर, अधिकृतस्तरकाले कारबाही भोग्नुपर्ने अवस्था त संवेदनशील हैन र ?
सबैलाई एउटै घानमा नराखौँ । व्यक्तिमा लोभलालच र धन कमाउने चाहना र पारिवारिक तनाव हुन सक्छ । प्रोफेसनल्ली हुने तनावचाहिँ संस्थाले जिम्मेवारी लिनुपर्छ । उच्चपदस्थहरूले उनीहरूका ती कुराहरू सुनिदिनुपर्छ । तिनीहरूलाई तिखार्दै बढी व्यावसायिक बनाउनुपर्छ ।
पद बढ्दै जाँदा इन्टिग्रिटी र व्यक्तित्व विकासमा संगठनले पनि ध्यान दिनुपर्छ, त्यसमा ह्रास आएको छ । कतै मानवीय त्रुटि पनि हुन सक्छ । शत प्रतिशत संरक्षण नै भएको भन्दा पनि छिटपुट मानवीय पक्षहरू छन् ।
- सीमामा बस्ने र ट्राफिक प्रहरीले उठाएको राजस्व आफ्नै गोजीमा हालेर पनि कारबाही भोगेका छन्, कमान्डरको तहबाट हुने यी घटना डरलाग्दा होइनन् र ?
यो एकदमै ठुलो कमजोरी हो । तर, व्यक्तिगत रूपमा भएका कमजोरीलाई मानवीय त्रुटिका रूपमा लिनुपर्छ । जसरी संस्थागत बढोत्तरी भएको छ, त्योचाहिँ व्यावसायिकतामा कम्प्रमाइज र ह्रास हो । तालिम र अनुशासनको पालना गर्ने/गराउने काममा माथिल्लो तहबाट भएका छुट र कमजोरीहरू हुन् ।
राजनीतिक कारण आफ्नालाई माथि तानिहाल्ने प्रवृत्ति छ । १५ औँ नम्बरको मान्छेलाई अगाडि ल्याउँदा त्यहाँ घुस हुन्छ, आफन्त भन्ने हुन्छ । त्यसले संस्थालाई कमजोर पारेको छ ।
त्यसकारण सुरक्षाको संवेदनशीलतालाई ध्यानमा नराख्ने राजनीतिक नेतृत्व पहिलो कारण हो । त्यसपछि त्यहाँको कमान्ड हो । सम्बन्धित कमान्डरले व्यावसायिकतामा गरेको सम्झौताले बदमासी बढिरहेको छ ।
- विभागले दिने तालिमको प्रभावकारितामा कमी आएको हो ?
तालिमको प्रभावकारिता नभएको भए त्यो संख्या ह्वात्तै बढ्थ्यो होला नि । तालिममा पनि ह्रास आएको त होला । केही प्रतिशतले मात्र बदमासी गरेका छन्, अरू सबैले त व्यावसायिक ढंगले काम गरिरहेका छन् नि । अनुशासनको विषय स्कुलमा नै पढेका हुन्छन्, अफिसरले नपढ्ने कुरा भएन । कसैको बुवाले पनि भ्रष्टाचार गर्नुपर्छ भनेर सिकाएको हुँदैन । संगठनमा सुरुदेखि नै सम्झौताको इन्ट्री भयो । कम्प्रमाइज भाइरसको रूपमा पसेपछि यी कमजोरी देखिएका हुन् ।
- अधिकृतहरू सांस्कृतिक रूपमा विचलित हुने र महिलाहरूसँग जोडिएर बदनाम हुने गरेका घटना पनि छन् नि ?
सुरक्षा भनेको पुरुषको पेसा भन्ने बुझिन्थ्यो पहिला । पछिल्लो २५ वर्षमा मात्र समावेशी भयौँ । अहिले महिला पनि पुरुषसँगै प्रतिस्पर्धी भएर आएका छन् । यो कुरा नपचाउने पुरुष र जातीय मानसिकताका कारण घटनाहरू बाहिरिन्छन् । हाम्रो शैक्षिक र सांस्कृतिक पक्ष पनि कमजोर भयो । यी तमाम मामिलालाई तालिमले निखार्छ । सामाजिक सञ्जाल र टेक्नोलोजीले नयाँ कुरा ल्याएका छन्, यसमा तालिमबाटै अद्यावधिक गराउनुपर्छ ।
घटना बढ्ने कुरा पनि हिजोभन्दा फरक भयो । अहिले महिलाहरू को–वर्कर भएर सँगै काम गरिरहेका छन् । हिजो महिला इन्स्पेक्टर थिएनन्, अहिले एआईजीसम्म भएका छन् । अब महिलाहरूसँग कसरी व्यवहार गर्ने भन्नेबारे जेन्डर र जातपातका कुरा तालिममा समयसापेक्ष बनाउनुपर्छ ।
- बर्दीभित्र हुने बदमासीलाई कसरी नियन्त्रण गर्ने त ?
विज्ञान–प्रविधि र दैनिक जीवनमा जोडिने सामाजिक व्यवहार, आचरण र सांस्कृतिक पक्षहरूमा आएको परिवर्तनअनुसार नयाँ कोर्स र तालिमहरू दिइनुपर्छ ।
तालिमलाई प्रविधिले पनि सहयोग गर्न सक्छ । आचरण सुधार्न तालिमसँगै समाजसँग घुलमिल गराउने, जाती र धार्मिक हिसाबले सबैको भावना जित्नेगरी काम गराउने तालिम हुनुपर्छ । व्यक्तिगत तनाव कम गर्न मनोवैज्ञानिक कुराहरू खोतल्ने र रि–ओरियन्ट गरेर अझै व्यावसायिक बनाउनेतिर जानुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म
-
युट्युबर गंगा लामा पक्राउ
-
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनबाट सात विधेयक पारित
-
लखनउद्वारा जितका लागि १ सय ७२ रनको लक्ष्य प्रस्तुत