आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय
समाचार

डीआईजी भट्टराई एआईजी बढुवा सिफारिस

आइतबार, ११ फागुन २०८१, ०९ : २०
आइतबार, ११ फागुन २०८१

काठमाडौँ । नेपाल प्रहरीका डीआईजी जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि बढुवा सिफारिस भएका छन् ।

आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले भट्टराईलाई एआइजी बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएपछि भट्टराईलाई एआईजीमा बढुवा गर्न बाटो खुलेको थियो ।  

केसी र भट्टराई एउटै ब्याचका अधिकृत हुन् । एआईजीमा बढुवा भएपनि भट्टराई २०८१ चैत ५ मा अवकाशमा जाँदै छन् । 

481600878_800710072278174_455808205916596451_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप