प्यालेस्टिनी कैदीहरूको रिहाइमा इजरायलको आनाकानी, राखियो सर्त

काठमाडाैँ । इजरायलले ६०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूको रिहाइ अनिश्चितकालसम्म स्थगित गरेको छ।
इजरायलको यो कदमलाई युद्धविराम प्रक्रियामा ठुलो धक्काको रूपमा हेरिएको छ। इजरायल र हमासबिच गाजामा भएको युद्धविराम अन्तर्गत हमासले शनिबार छ जना बन्धकलाई रिहा गरेको बेला इजरायलले भने जवाफी रिहाइमा ढिलाइ गरेको हो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासले थप इजरायली बन्धकहरूलाई हस्तान्तरण गर्ने ग्यारेन्टी नगरेसम्म प्यालेस्टिनी कैदीहरूको रिहाइ अब ढिलाइ हुने बताए । उनको यो सर्तले अन्यौलता उत्पन्न भएको समाचारमा उल्लेख छ ।
युद्धविरामको पहिलो चरणमा इजरायली बन्धकहरूको रिहाइको एक चरण अझै बाँकी छ। नेतान्याहूले हमासले युद्धविराम नियमहरू बारम्बार उल्लङ्घन गरेको आरोप लगाएका छन्। इजरायल र हमासबिचको सम्झौता तीन चरणमा कार्यान्वयन हुनेछ।
पहिलो चरणमा, इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा हमासद्वारा बन्धक बनाइएकाहरूलाई रिहा गरिनेछ। यसपछि, इजरायली सेना बिस्तारै गाजाबाट फिर्ता हुनेछ भने त्यसपछि अन्तिम चरणमा गाजाको पुनर्निर्माणको काम गरिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होरा इस्पोर्ट्स बन्यो पब्जी मोबाइल च्याम्पियन
-
बागमती सरकार : मुख्यमन्त्रीका नजरमा कसले गरे राम्रो काम ?
-
पहिलो हाफमा रोमाञ्चक बराबरी : दुईपटक नेपालको कम्ब्याक
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत
-
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा
-
कालिञ्चोक दर्शनको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट