त्यो एक साँझ, जसले नेहालाई बनायो सेलिब्रेटी

काठमाडौँं । नेहा बुढा गत माघ २६ गतेसम्म गुमनाम थिइन् । उनलाई न कसैले चिन्थ्यो, न चर्चा नै हुन्थ्यो । कहाँ, के गर्दै छिन् कसैलाई मतलब थिएन ।
तर, त्यही दिन साँझबाट उनको चर्चा एकाएक चुलियो । त्यसयता उनी दैनिकजसो सेलिब्रेटीका रूपमा मिडियामा छाइरहेकी छन् । कारण हो– ‘मोडल हन्ट नेपाल २०२५’ ।
दरबारमार्गस्थित होटल याक एण्ड यतीमा एक भव्य समारोहबिच आयोजित प्रतियोगितामा उनले ३२ प्रतियोगीलाई पछि पार्दै उपाधि जितिन् ।
विजेता बनेपछि सफलता र चर्चा एकसाथ आउने उनले अनुभव सुनाइन् । ‘विजेता बन्दा एकदमै खुसी छु । मिहिनेतको फल मिलेजस्तो भैरहेछ’, रातोपाटीसँगको कुराकानी भनिन् ‘मोडलिङका विषयमा अझ बढी सिक्दै अगाडि बढ्नुपर्नेछ ।’
प्रतियोगिता जित्न सहभागी नभएको खुलाएकी उनले मोडलिङमा केही सिक्ने उद्देश्य रहेको बताइन् । अरु प्रतियोगीभन्दा आफूले राम्रो गर्नुपर्छ भन्ने सोचका साथ अगाडि बढिन् ।
‘परिवारले नै जित्छ भनेर पत्याएका थिएनन् । नसोचेको खोलाले बगायो भने’, उनले भनिन्, ‘साथीभाइले अब झन् अगाडि बढ्नुपर्छ भनेका छन् ।’ त्यसका लागि आगामी दिनमा झन् मिहिनेत गर्ने उनले अठोट गरेकी छन् ।
मोडल हन्टको उपाधिको साथमा उनले केही महिनापछि क्याम्बोडियामा आयोजना हुने ‘मिस्टर एन्ड मिस सेलिब्रेटी इन्टरनेसनल २०२५’मा मिसतर्फ नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी छन् । यसका लागि उनले अहिलेभन्दा धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । किनभने उक्त प्रतियोगितामा विश्वका तीन दर्जन बढी मुलुकका उनीजस्तै विजेता सहभागी हुन्छन् । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारी थालिसकेको उनले बताइन् ।
मोडलिङ रुचि
सानैदेखि मोडलिङमा रुचि राख्ने उनी युट्युबमा मोडलिङका भिडियो धेरै हेर्थिन् रे । त्यो क्रममा उनको मोडलिङ प्रति रुचि बढ्दै गयो । साथीभाइलाई उनले आफ्नो मोडलिङ चाहना केही पहिले राखेकी बताइन् । ‘उनीहरूले सिरियस्ली लिएनन् । एक दिन मोडलिङमा जान्छु भन्ने सोचेर अगाडि बढेँ ।’ उनले भनिन्, ‘पहिल्यैदेखि मोडलिङ कहाँबाट र कसरी सुरु गर्ने भनेर बुझ्दै आएको थिएँ ।’ उनले मोडल हन्ट राम्रो र उपयुक्त प्लेटफर्म भएको बताइन् ।
मोडल हन्टबारे सामाजिक सञ्जाल, युट्युब र विभिन्न मिडियाबाट समेत जानकारी दिएको उनको भनाइ छ । साथीभाइले पनि यो नै उपयुक्त प्लेटफर्म भएको सुझाएका पनि उनले बताइन् ।
जिरो अवस्थामा मोडल हन्टमा प्रवेश गरेकी नेहासँग अहिले काम र नाम दुवै छ । आफ्नो व्यक्तित्व विकासमा समेत प्रतियोगिताले धेरै सहयोग गरेको उनको बुझाइ छ छ ।
‘मोडलिङमा पहिले म जिरो थिएँ’, उनी थप्छिन्, ‘अहिले धेरै कुराको जानकारी मिल्यो । यसमै अगाडि बढ्न सकिन्छ भन्ने आत्मविश्वास बनेको छ ।’
मोडलिङ क्षेत्र पनि उत्कृष्ट करिअर निर्माण गर्ने प्लेटर्फम भएको उनी बताउँछिन् । भन्छिन्, ‘कतिपय वर्षौँदेखि यसमै लागेको पनि देख्न सकिन्छ । ती करिअर नभएको भए किन यसमा लाग्थे ?’
अवसरको ढोका
नेपालमा मोडलिङको तुलनामा सौन्दर्य प्रतियोगिताको थुप्रै विकास भएको छ । मिस नेपाल, मिस युनिभर्सजस्ता महिलालाई अगाडि बढाउने थुप्रै ठु–ठुला प्रतियोगिता छन् । तर, उनले मोडलिङ नै मनपर्ने भएकाले मोडल हन्ट रोजेकी हुन् । ‘यो मोडलिङमा अन्तराष्ट्रियस्तर र अवसर भएको प्रतियोगिमा पनि हो’, उनले भनिन्, ‘यो व्यावसायिक प्लेटफम हो ।’
मोडल हन्टको विजेता बनेपछि उनलाई धेरै अवसरको ढोका पनि खुलेको छ । फोटो सुट, विज्ञान, होडिङबोर्ड जस्तामा काम गर्न उनलाई अहिले आफर आउन थालेका छन् । ‘सुरुकै चरणमा विभिन्न अवसर आएका छन् । नेटवकिङ राम्रो भयो’, उनले विस्वास राखिन्, ‘विस्तारै ठुला र अन्तर्राष्ट्रिय प्रोजेटसमेत हात पर्छ ।’ भारतमा विभिन्न अन्तर्राष्ट्रिय फेसन विकहरू आयोजना हुने भएकाले उनको भारतमा गएर समेत मोडलिङ गर्ने सोच छ ।
सौन्दर्य प्रतियोगिता होस् वा मोडलिङ, अधिकांश विजेता धेरैजसो अभिनयमै देख्न सकिन्छ । उनी भने अभिनयमा रुचि नभएको बताउँछिन् । ‘मलाई कनि किन अभिनयभन्दा मोडलिङ बढी व्यावसायिक लाग्छ’, उनले भनिन् । उनी बच्चैदेखि बास्केटबल खेल्न पनि रुचाउँछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा क्षेत्रमा भएको विवाद समाधान गर्न एमालेकाे माग
-
पाकिस्तानविरुद्ध भारतीय फास्ट बलर शामीले बनाए यस्तो खराब रेकर्ड
-
सिराहामा किशोरी मृत्यु प्रकरण : घटना ‘मिलापत्र’ गराउन खोज्ने ८ जना नियन्त्रणमा
-
एनआरएनए विवादमा सर्वोच्चको दुई पत्र : शेष घलेलाई कार्यालय बुझाउन निर्देशन (पत्रसहित)
-
माओवादीले भन्यो– रोम जलिरहेको छ, निरो बाँसुरी बजाइरहेको छ
-
मानव र वन्यजन्तु द्वन्द्व घटाउन कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान