महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल
आइतबार, ११ फागुन २०८१, ०५ : ३१

काठमाडौं । लामो समयदेखि अस्वस्थ पोप फ्रान्सिसको अवस्था क्रिटिकल ‘गम्भीर’ रहेको खबर छ । भ्याटिकनले दिएको जानकारी अनुसार एक दुई दिन यता पोप अधिक अस्वस्थ भएको र उनलाई रगत दिइएको छ ।
८८ वर्षीय पोप फ्रान्सिसलाई उच्च अक्सिजन प्रवाहको आवश्यकता देखिएको बताइएको छ । उनको रोमस्थित जेमेली अस्पतालमा फोक्सोको जाँच तथा निमोनियाको उपचार चलिरहेको छ । उनको अवस्था गम्भीर रहेको र खतरामुक्त हुन नसकेको बताइएको छ ।