बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हमासले मुक्त गरेका ६ बन्धक परिवार भेट्दै

आइतबार, ११ फागुन २०८१, ०५ : १७
आइतबार, ११ फागुन २०८१

काठमाडौं । प्यालेस्टाइनी कैदीको रिहाइमा भएको ढिलाइका कारण हमासले मुक्त गरेका ६ बन्धक आफ्नो परिवारसँग मिल्न पाउने पाएका छन् । बीबीसीका अनुसार ६०० बढी प्यालेस्टाइनी कैदी रिहाइमा भएको ढिलाइका कारण हमासले बन्धक रिहाइ रोकेको थियो । 

एलिया कोहेन, ओमर शेम तोव, ओमर वेनकर्टलाई मध्य गाजाको नुसीरातबाट रिहा गरिएको र एवेरा मेंगिस्ट र ताल शोेहमलाई दक्षिणी जागाको राफाबाट रिहा गरिएको बताइएको छ । हिशाम अल सईदको रिहाइ निजी रुपमा गरिएको र उनलाई परिवारसँगै इजरायली अस्पताल लगिएको बीबीसीले उल्लेख गरेको छ । 

हमासले सार्वजनिक गरेको एक भिडियोमा दुई इजरायली बन्धकलाई कारभित्रबाट सुपुर्दगी गर्दै गरेको देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप