सूर्यनारायणको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल

आज विक्रम संवत २०८१ साल फाल्गुन ११ गते, आइतबार । ईश्वी सन् २०२५ फेव्रुवरी २३ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । तिथि-दशमी, ९ घडी ५२ पला, बिहान १० बजेर ३३ मिनेट उप्रान्त एकादशी । नक्षत्र-मूल, २३ घडी १४ पला, दिउसो ३ बजेर ५४ मिनेट उप्रान्त पूर्वाषाढा । योग– बज्र, ६ घडी ५७ पला, बिहान ९ बजेर २४ मिनेट उप्रान्त । करण-गर, बिहान ९ बजेर ४७ मिनेट उप्रान्त वणिज, बेलुकी १० बजेर १४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा-मुसल योग । चन्द्रराशि–बृश्चिक, दिउँसो २ बजेर ४१ मिनेट उप्रान्त धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३७ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५८ मिनेट । दिनमान २८ घडी २४ पला ।
आजको बार बेला
बिहान ०६ बजेर ३७ मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर ३८ मिनेटदेखि बिहान ८ बजेर ३ मिनेटसम्म शुभ बेला ।
बिहान ८ बजेर ४ मिनेटदेखि बिहान ९ बजेर २८ मिनेटसम्म रोग बेला ।
बिहान ०९ बजेर २९ मिनेटदेखि बिहान १० बजेर ५३ मिनेटसम्म उद्धेग बेला ।
बिहान १० बजेर ५४ मिनेटदेखि बिहान १२ बजेर १८ मिनेटसम्म चर बेला ।
मध्यान्ह १२ बजेर १९ मिनेटदेखि दिउँसो १ बजेर ४३ मिनेटसम्म लाभ बेला ।
दिउँसो १ बजेर ४४ मिनेटदेखि दिउँसो ३ बजेर ८ मिनेटसम्म अमृृत बेला ।
दिउँसो ४ बजेर ९ मिनेटदेखि बेलुकी ४ बजेर ३४ मिनेटसम्म काल बेला ।
बेलुकी ४ बजेर ३५ मिनेटदेखि बेलुकी ७ बजेर ३४ मिनेटसम्म लाभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बेलुकी ४ बजेर ३४ मिनेटदेखि बेलुकी ५ बजेर ५९ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रम्हा मुहुर्त
बिहान ५ बजेर १ मिनेटदेखि बिहान ५ बजेर ४९ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।
आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) आजको समय राम्रो रहेकाले धार्मिक तथा आध्यात्मिक क्षेत्रमा विशेष चासो बढ्नेछ । पढाइ लेखाइ तथा खोजमूलक क्षेत्रमा रुची बढ्नेछ भने गुरुवर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ । पढाइ कै शिलशिलामा लामो दुरीको यात्रा हुने प्रशस्त सम्भावना छ । माया प्रेममा नजिक भई रमाउने समय रहेकोछ । व्यापार,उद्योग तथा शेयर बजारमा गरिएको लगानीबाट आम्दानी बढाउन सकिनेछ ।
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) काम बढेपनि आम्दानी भने न्युन हुनेछ । न्यून पारिश्रमिकमा दिनभर समय खर्चिनु पर्दा मन खिन्न हुनेछ । आफन्त तथा दिदिबहिनीसँग स–सानो कुरामा विवाद सिर्जना हुनेछ । पढाइ लेखाइमा ध्यान जाने छैन भने विभिन्न अवसर आएपनि सदुपयोग गर्न नजान्दा अरु भन्दा धेरै पछि परिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ भने प्रेममा अविश्वास बढ्ने तथा धोका हुनेछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा यात्रा हुनेछ । पर्यटन तथा यात्रासँग सम्बन्धित क्षेत्रमा लगानी गर्दा मनग्गे लाभ मिल्नेछ । भौतिक सम्पत्तिको भरपुर प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ भने अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । साझेदारी व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहने जोडीहरुका लागि समयले साथ दिनेछ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) स्वास्थ्यमा समस्या देखिने हुनाले दौडधुपमा समय खर्च नगर्नु नै राम्रो हुनेछ । काममा ढिला सुस्ती, बैरभाव तथा आफन्तसँग विवाद हुने योग रहेकोछ । कार्यक्षेत्रमा कामको भार बढ्नेछ भने पदोन्नति तथा नयाँ काम पाउने योग केही दिनको लागि टरेर जानेछ । खुट्टा तान्ने तथा काममा विवाद सिर्जना गर्नेहरु सक्रिय रहनेछन् । पढाइ लेखाइ अधुरै रहनेछ । न्यायिक निर्णयहरु तपाईंको विपक्षमा फैसला हुनेछन् ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) मेहनेतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईंको नाम एक कदम अगाडि आउनेछ । सन्तान तथा छोराछोरीले प्रगति गर्ने हुनाले मन प्रशन्न रहनेछ । शेयरबजार तथा बैकिङ क्षेत्रमा गरेको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने जीवन साथीले तपाईको काममा सहयोग गर्ने हुँदा समयमा नै काम सकाउन सकिनेछ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) स्वास्थ्य सम्बन्धी समस्या आई काम गर्न बाधा हुनेछ ध्यान दिनुहोला । आमा, आफन्त तथा साथीभाइबाट टाडिएर लामो दुरीको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनीतिमा आलोचना गर्नेहरु सक्रिय भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समारोहमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । कृषि क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ । धार्मिक यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ति,तु,ते) गन्तव्यहिन यात्राले समस्या निम्तिन सक्छ, ध्यान लिनुहोला । व्यवसायिक यात्रा हुने भएपनि उपलब्धि न्यून हुनेछ । आफन्त तथा दाजुभाईसँग मनमुटाव बढ्नेछ । प्रेममा मनमुटाव सिर्जना हुने हुनाले आफ्नो मानिससँग भेटमा कुरा गर्दा ख्याल गर्नुहोला । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । कुनै पनि विवाद तथा अदालती पक्रियामा सामेल नहुनुहोला तपाईंको पक्षमा निर्णय नआउन सक्छ ।
बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) व्यापार तथा उद्योगको लगानी फस्टाएर जानेछ । बौद्धिकताको प्रयोग गरि धन तथा सम्पत्ति संग्रह गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । पारिवारिक वातावरणमा रमाउदै स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सामाजिक तथा कल्याणकारी काम गरी समाजमा नाम कमाउन सकिनेछ । थोरै बोलेर वा बोलीकै माध्ययम बाट धेरै कामहरु गर्न सकिनेछ ।
धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने योग रहेकोछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक क्षत्रे बलियो हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । सुख दुःखमा साथ दिनेहरु प्रशस्त भेटिने हुदा मन प्रशन्न रहनेछ । प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइहरु जनमानसमा लैजान सकिनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) स्वदेशी सामानको उत्पादन तथा बिक्रि घट्न सक्छ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्ने बानीले कामहरु बिग्रन सक्छ । अनावश्यक खर्च वा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) विशिष्ट व्यक्तिहरुको विचारले प्रभावित बनाउनेछ । सामाजिक कामका विशेष रुचि बढ्नेछ । राजनीति तथा समासेवामा समय दिन सक्दा नाम तथा दाम दुवै कमाउन सकिनेछ । तरल पदार्थ तथा हाइड्रो पावरको लगानी फस्टाएर जानेछ । शिक्षासँग सम्बन्धित कामबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रणय सम्बन्धमा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानीको स्रोत बढाउन सकिनेछ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) व्यापारमा नाफा कमाउन बढी नै समय दिनु पर्नेछ भने नोकरीमा विशिष्ट व्यक्तित्वहरुसँग विवाद बढ्नेछ । बुवा वा अग्रजसँग कुरा नमिल्दा दैनिक कामहरु प्रभावित हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको सिकार हुनु पर्दा मन खिन्न हुनेछ । प्रेममा अनावश्यक शंका गर्नाले मनमुटाव बढ्नेछ । प्रतिकुलताको सामना गर्ने शक्तिमा क्षय हुने हुनाले समय काम सकाउन मुस्किल हुनेछ ।
तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी