आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

ला लिगामा बार्सिलोना र एटलेटिको मड्रिड अगाडि, रियाल तेस्रो स्थानमा झर्‍यो

आइतबार, ११ फागुन २०८१, ०४ : ३८
आइतबार, ११ फागुन २०८१

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोना र एटलेटिको मड्रिड विजयी भएका छन् । शनिबार भएको खेलमा बार्सिलोनाले लस पल्मसलाई २-० ले हरायो  । 

अवे मैदानमा बार्सिलोनालाई जिताउन दानी ओल्मो र फेरन टोरेसले एक एक गोल गरे । यो जितले बार्सिलोनालाई शीर्ष स्थानमा कायम राखेको छ । 

बार्साका २५ खेलबाट ५४ अंक भएको छ भने दोस्रो स्थानमा उक्लिएको एटलेटिको मड्रिडको ५३ अंक छ । अघिल्लो खेलमा हार व्यहोरेको रियाल मड्रिड तेस्रो स्थानमा झरेको छ । उसको ५१ अंक छ । 

शनिबार राती एटलेटिको मड्रिड भ्यालेन्सियालाई ३-० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो । यस्तै, अन्य खेलमा इस्पानियोलले डेपोर्टिभो अलाभेसलाई १-० ले हरायो भने भियारियालले रायो भायकानोलाई १-० ले नै पराजित गर्‍यो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप