आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ्

१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म

शनिबार, १० फागुन २०८१, २३ : ४८
शनिबार, १० फागुन २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप 
ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर भएको विवादका बिच ताप्लेजुङ सदरमुकाम फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप भएको छ । झडपमा प्रारम्भिक विवरणअनुसार ५ नेपाल प्रहरी र दुई आन्दोलनकारी घाइते भएको जनाइएको छ ।

२. एकीकृत समाजवादीको बैठक
ललितपुरको जावलाखेलमा बसेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो बैठकमा एमसीसीबारे चर्चा भएको छ । सम्मानित नेता झलनाथ खनालले एमसीसीबारे प्रसङ्ग निकाल्दै नेपालले गरेको लगानी र एमसीसी अन्तर्गत आयोजनाहरूको भविष्यबारे चर्चा गरेका हुन् । 

३. नेकपा माओवादी केन्द्र
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले जितेका स्थानीय पालिकालाई ‘रोल मोडेल’ बनाएर काम गर्न जनप्रतिनिधिलाई सुझाव दिएका छन् । शनिबार काठमाडौँमा सुरु भएको स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी जनप्रतिनिधिहरूको दुई दिने अभिमुखीकरण कार्यक्रममा प्रचण्डले सुझाव दिएका हुन् ।

४. नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) 
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पूर्ण केन्द्रीय समितिको बैठक शनिबारदेखि काठमाडौँमा सुरु भएको छ। गएको माघ २७–२९ काठमाडौँमा सम्पन्न पहिलो ऐतिहासिक महाधिवेशनपछि  पहिलो बैठक बसेको हो । 

५. रास्वपाको राजनीतिक प्रशिक्षण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय प्रशिक्षण विभागले केन्द्रीय समितिका सदस्यहरूलाई राजनैतिक प्रशिक्षण सञ्चालन गरेको छ । शुक्रबारदेखि सञ्चालन भएको राजनैतिक प्रशिक्षणको पाठ्यक्रम केन्द्रीय समितिबाट स्वीकृत गरिएको थियो ।

६. विद्यार्थी राजनीति
चैत ५ गते त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । त्रिविले त्यसका लागि कार्यतालिका सार्वजनिक गरेको छ । यसअघि त्रिविले विद्यार्थी संगठनहरूसँग गरेको छलफलमा विद्यार्थी संगठनहरूले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता जाहेर गरेका थिए । विद्यार्थी संगठनहरूले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गरिने तर, निर्वाचन जसरी पनि गराउनुपर्नेमा जोड दिएका थिए ।

७. ग्रे लिस्ट
फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को एसिया प्यासिफिक ग्रुप (एपीजी)ले औँल्याएका ४० कमजोरी सुधार गर्न नसक्दा नेपाल खैरो सूची (ग्रे लिस्ट) मा परेको छ । सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको पहल कमजोर भएको निष्कर्षसहित एफएटीएफको प्लेनरी तथा वर्किङ ग्रुपको पेरिसमा भएको बैठकले नेपाललाई खैरो सूचीमा राखेको हो । 

८. कुलमान–दीपक विवाद
 फागुन ६ गतेको संसद् रोष्टममा उभिएर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अराजक गतिविधि सरकारले हेरेर नबस्ने चेतावनी दिए । पछिल्लो पटक पुस २८ गते मन्त्रालयले सोधेको ९ बुँदे स्पष्टीकरणको जवाफ दिएपछि सरकार भर्सेस कुलमान घिसिङको मुद्दा केही सेलाएको थियो । तर कुलमानले पछिल्लो स्पष्टीकरण बुझाएको ३८ दिनपछि संसद्को रोष्टममा  उभिएर मन्त्री खड्काले कुलमानले आफूमाथि राजनीति गरेको ठहर गर्दै  केही प्रश्न समेत उठाए ।

९.  इटहरी गोल्डकपको उपाधि मच्छिन्द्रलाई 
 पन्ध्रौँ अन्तरराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि मच्छिन्द्र फुटबल क्लब काठमाडौँले जितेको छ । आज उपाधिका लागि इटहरी रङ्गशालामा मोरङको सगरमाथा युथ क्लब र मच्छिन्द्र फुटबल क्लब काठमाडौँबीच भएको फाइनल खेलमा सगरमाथा युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लबले उपाधि जितेको हो । 

१०. डेर लेयेनले भारत भ्रमण गर्ने
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले आगामी फेब्रुअरी २७ र २८ मा ‘कलेज अफ कमिसनर्स’ का साथ नयाँ दिल्लीको भ्रमण गर्ने भएकी छन् । भारतस्थित युरोपेली सङ्घको कार्यालयले सामाजिक सञ्जाल एक्समा सार्वजनिक पोस्टमा भनिएको छ, ‘भोन डेर लेयेनले ‘कलेज अफ कमिसनर्स’सहितको एक प्रतिनिधिमण्डलका साथ फेब्रुअरी २७ र २८ मा नयाँ दिल्लीको भ्रमण हुने भएको छ ।’
 

११. फोटोफिचर

१२. शनिबार विशेष

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप