६ जना इजरायली बन्धक गाजाबाट मुक्त
शनिबार, १० फागुन २०८१, २१ : २४

एजेन्सी । ६ जना इजरायली बन्धकहरू शनिबार रिहा भएका छन् । हमासले गाजाबाट रेडक्रसलाई हस्तान्तरण गरेपछि उनीहरु इजरायल फर्किएका छन्। हमासले राफाहमा आयोजित एक योजनाबद्ध प्रक्रियामार्फत अवेरा मेंगिस्टु र ताल शोहमलाई मुक्त गरेको थियो।
त्यसको केही घण्टापछि नुसेइरातमा एलिया कोहेन, ओमर शेम तोभ र ओमर वेन्कर्टलाई पनि उस्तै प्रक्रियामार्फत हस्तान्तरण गरियो। हिशाम अल-सैयदलाई गाजा सिटीमा मुक्त गरिएको बीबीसीले जनाएको छ ।
मेंगिस्टु र अल-सैयद क्रमशः २०१४ र २०१५ मा आफैं गाजामा छिरेपछि पक्राउ परेका थिए। अन्य चार जना भने २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणको क्रममा अपहरण गरिएका थिए।
उनीहरूको मुक्तिको बदलामा इजरायलले ६०२ जना प्यालेस्टिनी कैदीहरू तथा हिरासतमा रहेका व्यक्तिहरूलाई रिहा गर्ने पनि बीबीसीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटनमा एउटामात्र घोडा कुदाएर मनाइयो घोडेजात्रा
-
सबै दलहरुले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्नुपर्छ : जनार्दन शर्मा
-
रजनीमिलाका तीन कविता
-
कथावाचनका क्रममा भावुक भए धीरेन्द्र शास्त्रीः रुँदै भने- मैलेजस्तो पीडा कसैले भोग्नु नपरोस्
-
थाइल्याण्ड र म्यान्माका भूकम्प पीडितका लागि सहायता र आश्वासन आउने क्रम जारी
-
पूर्वराजालाई पठाइएको पत्र फिर्ता लिनु बुद्धिमानी हुन्छ : कमल थापा