बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : माधवलाई झलनाथको ‘काउन्टर’, ग्रे-लिस्टमा परेपछि बहस

शनिबार, १० फागुन २०८१, २२ : ००
शनिबार, १० फागुन २०८१

आज मिति २०८१ साल फागुन महिनाको १० गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

  • एकीकृत समाजवादीको बैठक

ललितपुरको जावलाखेलमा बसेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो बैठकमा एमसीसीबारे चर्चा भएको छ । सम्मानित नेता झलनाथ खनालले एमसीसीबारे प्रसङ्ग निकाल्दै नेपालले गरेको लगानी र एमसीसी अन्तर्गत आयोजनाहरूको भविष्यबारे चर्चा गरेका हुन् । 

  • नेकपा माओवादी केन्द्र

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले जितेका स्थानीय पालिकालाई ‘रोल मोडेल’ बनाएर काम गर्न जनप्रतिनिधिलाई सुझाव दिएका छन् । शनिबार काठमाडौँमा सुरु भएको स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी जनप्रतिनिधिहरूको दुई दिने अभिमुखीकरण कार्यक्रममा प्रचण्डले सुझाव दिएका हुन् ।

  • नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) 

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पूर्ण केन्द्रीय समितिको बैठक शनिबारदेखि काठमाडौँमा सुरु भएको छ। गएको माघ २७–२९ काठमाडौँमा सम्पन्न पहिलो ऐतिहासिक महाधिवेशनपछि  पहिलो बैठक बसेको हो । 

  • केबलकार निर्माण विवाद

 ताप्लेजुङको फुङलिङमा निर्माणाधीन केबलकार परियोजनालाई लिएर स्थानीय आन्दोलनकारी र सुरक्षाकर्मीबिच झडप हुँदा दुई जना गम्भीर घाइते भएका छन्। झडपका क्रममा धरान बस्ने एके दर्नाल र लेलेप बस्ने केसिङ कुमार लिम्बू गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि ताप्लेजुङको तमर अस्पतालमा भर्ना गरिएको छ।

  • रास्वपाको राजनीतिक प्रशिक्षण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय प्रशिक्षण विभागले केन्द्रीय समितिका सदस्यहरूलाई राजनैतिक प्रशिक्षण सञ्चालन गरेको छ । शुक्रबारदेखि सञ्चालन भएको राजनैतिक प्रशिक्षणको पाठ्यक्रम केन्द्रीय समितिबाट स्वीकृत गरिएको थियो ।

  • विद्यार्थी राजनीति

 चैत ५ गते त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । त्रिविले त्यसका लागि कार्यतालिका सार्वजनिक गरेको छ । यसअघि त्रिविले विद्यार्थी संगठनहरूसँग गरेको छलफलमा विद्यार्थी संगठनहरूले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता जाहेर गरेका थिए । विद्यार्थी संगठनहरूले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गरिने तर, निर्वाचन जसरी पनि गराउनुपर्नेमा जोड दिएका थिए ।

  • ग्रे लिस्ट

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को एसिया प्यासिफिक ग्रुप (एपीजी)ले औँल्याएका ४० कमजोरी सुधार गर्न नसक्दा नेपाल खैरो सूची (ग्रे लिस्ट) मा परेको छ । सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको पहल कमजोर भएको निष्कर्षसहित एफएटीएफको प्लेनरी तथा वर्किङ ग्रुपको पेरिसमा भएको बैठकले नेपाललाई खैरो सूचीमा राखेको हो । 

  • कुलमान–दीपक विवाद

 फागुन ६ गतेको संसद् रोष्टममा उभिएर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अराजक गतिविधि सरकारले हेरेर नबस्ने चेतावनी दिए । पछिल्लो पटक पुस २८ गते मन्त्रालयले सोधेको ९ बुँदे स्पष्टीकरणको जवाफ दिएपछि सरकार भर्सेस कुलमान घिसिङको मुद्दा केही सेलाएको थियो । तर कुलमानले पछिल्लो स्पष्टीकरण बुझाएको ३८ दिनपछि संसद्को रोष्टममा  उभिएर मन्त्री खड्काले कुलमानले आफूमाथि राजनीति गरेको ठहर गर्दै  केही प्रश्न समेत उठाए ।

  • फोटोफिचर
  • शनिबार विशेष

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप