८ मिनेटभित्र २ गोल गरेपछि हारबाट जोगियो युनाइटेड
शनिबार, १० फागुन २०८१, २० : ४०

काठमाडौँ । दुई गोलले पछि परेको अवस्थालाई म्यानचेस्टर युनाइटेडले बराबरी गर्दै खेल टुंग्याएको छ ।
इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार साँझ भएको खेलमा युनाइटेडले एभर्टनको मैदानमा २-२ को बराबरी गर्न सफल भएको हो ।
१९ औं मिनेटमा बेटो र ३३ औं मिनेटमा अब्दुल डोकुरेले गोल गर्दै एभर्टनलाई २-० को अग्रता दिलाएका थिए । पहिलो हाफमा निकै तनाव झेलेको युनाइटेडले दोस्रो हाफमा ८ मिनेटभित्र दुई गोल गर्न सफल भयो ।
लगातार दुई खेलमा हार बेहोरेको युनाइटेडका लागि आजको खेलमा ७५ औं मिनेटमा ब्रुनो फर्नान्डेज र ८० औं मिनेटमा म्यानुअल उगार्टेले पराजित हुन दिएनन् ।
जारी लिगमा २६ मध्ये १२ वटा हार खेपिसकेको उसको आजको खेलबाट ३० अंक भएको छ । लिगको १५ औं स्थानमा छ । यता पछिल्ला पाँच खेलमा हार नबेहोरेको एभर्टन भने २५ खेलबाट ३७ अंक बनाएर १२ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावमा सडक निर्माण रोकियो
-
तराई–मधेसमा सतुवाइन पर्व मनाइँदै
-
नेपालको विकास र समृद्धिको आधार पर्यटन : परराष्ट्रमन्त्री
-
२०८१ सालमा लुम्बिनी प्रदेश : एमालेलाई लाभैलाभ, साना दललाई संकट
-
नागरिकको भरोसा बढाउने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
नर्भिक अस्पताल ३३ औँ वर्षमा प्रवेश, तीन दशकमा २५ लाखभन्दा बढीले लिए सेवा