कृषकलाई क्षतिपूर्ति दिन साहको आग्रह

रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वन्यजन्तुवाट पीडित बनेका किसानलाई क्षतिपूर्ति दिन आग्रह गरेका छन् ।
रौतहटको राजपुर नगरपालिकामा आजपाद्वारा आज (शनिबार) आयोजित नगर भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले निलगाईको आतंक किसान पीडित बनेको र उनीहरुलाई क्षतिपूर्ति दिन माग गरे ।
‘जंगलका निलगाईले कृषकको बालीनाली नष्ट गरेको छ, दुख दिईरहेको छ । तर सरकार नियन्त्रण गर्न असफल भईसकेको छ’, साहले भने, ‘कृषकको बालीनाली नष्ट गरिरहेकोछ, सरकारले ति कृषकलाई क्षतिपुर्ति दिनुपर्छ ।’
घोडगदहाले कृषकको बाली खाईदिने, नष्ट गरिदिएपछि रौतहट, बारा, सर्लाही सहित मधेसका कृषकहरु पीडित भएका छन् । सरकारलाई नियन्त्रणका लागि आग्रह गर्दा समेत कुनै सुनुवाई नहुनुले कृषक झनझन दुखित बनेको उनले बताए ।
यस्तै उनले अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोजिएको आरोप लगाउँदै त्यस्ता प्रवृत्ति सफल नहुने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा युवतीको गोली हानी हत्या
-
बारुलोको हमलामा बेहुलासहित २५ जना घाइते, बिहे स्थगित
-
प्राकृतिक चिकित्सालयको प्रचण्डले गरे अनुगमन
-
प्रतिकुल मौसमका कारण विद्युत् अवरुद्ध भएको हो, लोडसेडिङ भएको होइनः विद्युत् प्राधिकरण
-
मधु र सागरले ल्याए ‘सनई ढोलाकी’, बिहेको चर्चा
-
बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ: महामन्त्री थापा