राजेन्द्र महतोलाई ताप्लेजुङवासीले देखाए कालोझण्डा, समाज भाँड्न लागेको आरोप

ताप्लेजुङ । राष्ट्रिय मुक्ति पार्टी (नेपाल) का अध्यक्ष राजेन्द्र महतोलाई ताप्लेजुङका स्थानीय नागरिकले कालो झन्डा देखाएका छन् । ‘नो केबलकार समूह’ले आयोजना गरेको पदयात्रामा सहभागी बनेर फर्कँदै गएका महतोलाई सदरमुकाममा स्थानीयले कालो झन्डा देखाएर उनको गतिविधिको विरोध गरेका हुन् ।
जिल्लाको विकासका लागि बनिरहेको केबलकारको विरोधमा विभिन्न जिल्लाबाट पुगेकाहरूको साथमा गएका महतोले जिल्लाको शान्ति सुरक्षामा खलबल पुर्याउनुका साथै समाज भाँड्ने काम गरेको ताप्लेजुङवासीको आरोप छ ।
महतो ‘नो केबलकार’ समूहसँग पवित्र तीर्थस्थल पाथीभरा क्षेत्रमा ‘जय पाथीभरा माता’को नारा लगाउँदै जानुको साटो मुर्दावादका नारा लगाउँदै गएको र जिल्ला र समाज भाँड्ने अभिव्यक्ति दिँदै हिँडेका कारण उनलाई कालो झन्डा देखाइएको स्थानीय सुन्दर लिम्बुले बताए ।
लिम्बुले ताप्लेजुङका नागरिक विकास र केबलकारको पक्षमा रहेकाले जिल्ला बाहिरबाट गएर विकासको विरोध र समाज भाँड्ने काममा नलाग्न सबैलाई आग्रह पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक खेलको नतिजामा अल्झिएको लिभरपुलको २०औँ उपाधि यात्रा
-
यथास्थितिवादीकै कारण प्रतिगमनकारीहरूले टाउको उठाइरहेका छन्: श्रेष्ठ
-
कालीमाटीमा ल्याइएको घिरौँलामा विषादी फेला
-
जीवनी ल्याउँदै राजेश हमाल, भन्छन् : नखुलेका धेरै कुरा खुलाएको छु
-
युद्धबाट थाकेका हुन् पुटिन ? पहिलो पटक युक्रेनलाई दिए द्विपक्षीय वार्ताको प्रस्ताव
-
राजनीतिक व्यापारीको ‘चक्का’मा पिसिएको मुलुक