बेलायत आएका एक विद्यार्थी तीन सातादेखि सम्पर्कविहीन

लन्डन । बेलायतमा अध्ययनका लागि आएका एक विद्यार्थी करिब तीन सातादेखि सम्पर्कविहीन छन् । सन् २०२२ को सेप्टेम्बर १७ मा युनिभर्सिटी अफ क्रियटिभ आर्टस्मा पढ्न बेलायत आएका धनुषा हंसपुर ६ का २३ वर्षीय कमल अधिकारी फेब्रुअरी २ देखि सम्पर्कमा नआएको उनको परिवारले जनाएको छ ।
आफ्नो छोराको खोजीका लागि माघ २३ मा नै नेपाल परराष्ट्र मन्त्रालयमा अधिकारीका बाबु हरिनारायण मण्डलले निवेदन दिएका थिए ।
लन्डनस्थित नेपाली दूतावासले अधिकारीको खोजीका लागि पहल गरिरहेको बताएको छ । लन्डन मेट्रो पोलिटन प्रहरी र स्थानीय समुदायसमक्ष अनुरोध गरिरहेको दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले जनाए ।
‘बिचमा एक पटक अधिकारीकै हुलियासँग मिल्ने नेपाली भेटियो भन्ने खबर आएर हामी आफैँ पनि लन्डन ग्लोस्टररोडतिर गयौँ तर ती व्यक्ति अर्कै रहेछन्’ उनले भने ।
दुवाडीका अनुसार अधिकारीको आनीबानीका कारण वेष्ट लन्डनमा घरबेटीले निकालेपछि उनी इलफोर्ड सेभेन किंग्स्का सुरज पण्डितसँग सम्पर्कमा आएका थिए । पण्डितले नेपालीको बिचल्ली भयो बस्न दिनु पर्यो भनेर अर्को घरबेटीमा कुरा गरे तर उनको हाउभाउ र अवस्था देखेर राख्न मानेनन् । अनि पण्डित लगायत नेपालीले फेब्रुअरी २ मा रेल चढ्न बाटो खर्च जुटाएर पठाएयता उनी सम्पर्कमा छैनन् ।
बेलायत आउने विद्यार्थीहरूमा अहिले थुप्रै खालका समस्या रहेको दूतावासले जनाएको छ । जुन सोचले बेलायत आउँछन् यहाँ आएपछि सोचेअनुरूप नहुँदा विक्षिप्त बन्ने गरेको प्रशस्त उदाहरणहरू छन् । विदेश जानुअघि निकै सोचविचार गरेर मात्र आउन दूतावासको आग्रह छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना
-
साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
त्यो एक साँझ, जसले नेहालाई बनायो सेलिब्रेटी