बलात्कारपछि हत्या गरिएकी प्रशिक्षार्थी डाक्टरका बुवाआमाले अझै पाएनन् मृत्यु दर्ता प्रतिलिपि

कोलकता । भारतमा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या भएको ६ महिना बित्दा पनि उनका अभिभावकले मृत्यु प्रमाणपत्रको प्रतिलिपि पाउन सकेका छैनन् ।
कोलकता महानगरको आरजी कर मेडिकल कलेज अस्पतालकी प्रशिक्षार्थी डाक्टरको शव गत अगस्ट ९ को बिहान कलेजकै सेमिनार हलमा भेटिएको थियो ।
आरजी कार र कोलकाता म्युनिसिपल कर्पोरेसन (केएमसी) का अधिकारीहरूले एकअर्कालाई जिम्मेवारी सार्दै अहिलेसम्म मृत्यु प्रमाणपत्र नदिएका मृतकका अभिभावकले आरोप लगाएका छन् ।
मृत्यु हुने स्थान आरजी कार कलेज भएकाले मृत्युको प्रमाणपत्र उपलब्ध गराउने जिम्मा पनि अस्पताल प्रशासनकै भएको केएमसीका अधिकारीहरुले दाबी गरिरहेका छन् ।
अर्कातर्फ आरजी कारका अधिकारीले अस्पताल परिसरमै बिरामीको मृत्यु भएमा वा अस्पतालमा मृतकसम्म ल्याए पनि मृत्यु प्रमाणपत्र केएमसीका अधिकारीले दिनुपर्ने बताइरहेका छन् ।
मृतकका आमाबुवाले मृत्यु प्रमाणपत्रको प्रतिलिपि नपाएको दाबी गर्दा अदालतका कागजातमा पनि त्यही उल्लेख गरिएको आरजी कारसँग संलग्न मेडिकल अधिकृतको बयानमा उल्लेख छ । अदालतका कागजातमा मृत्यु प्रमाणपत्र उल्लेख छ भए पनि प्रमाणपत्र प्रतिलिपि नदिएकोमा उनीहरूले आश्चर्य व्यक्त गरेका छन्।
गत हप्ता कोलकाताको एक विशेष अदालतले सीबीआईलाई फेब्रुअरी २४ मा यस मुद्दामा आफ्नो अनुसन्धानबारे नयाँ प्रगति रिपोर्ट पेस गर्न निर्देशन दिएको थियो। विशेष अदालतले बलात्कार र हत्याका मुख्य अभियुक्तलाई यसअघि नै कैद सजाय सुनाएको थियो । त्यसैले पछिल्लो प्रगति प्रतिवेदन मुद्दामा प्रमाण छेडछाडसँग सम्बन्धित हुने कानुनी सर्कलको अनुमान छ ।
घटनाको अनुसन्धानको प्रगतिबारे केन्द्रीय निकायले समय समयमा अदालतलाई जानकारी नगरेको आरोप लगाउँदै मृतक परिवारका वकिलले दायर गरेको उजुरीपछि विशेष अदालतले सीबीआईलाई नयाँ प्रगति प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना
-
साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
त्यो एक साँझ, जसले नेहालाई बनायो सेलिब्रेटी