साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा

हेटौँडा । मच्छिन्द्र क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिवार बागमती–४ स्थित सहिद स्मृति रङ्गशालामा भएको दोस्रो क्वाटरफाइनल खेलमा थ्री स्टार क्लबलाई ३–१ गोलले हराउँदै साविक विजेतासमेत रहेको मच्छिन्द्र फाइनलमा प्रवेश गरेको हो ।
मच्छिन्द्रको जीतमा शिशिर लेकिले खेलको ४२ औँ मिनेटमा, समिराज थोकरले दोस्रो हाफको छैटौँ मिनेटमा र विदेशी खेलाडीले स्टेफेनले दोस्रो हाफको ४३ औँ मिनेटमा गोल गरे । थ्री स्टारका लागि विदेशी खेलाडी एलेक्स विलियम्सले खेलको पहिलो हाफको ३७ औँ मिनेटमा सुरुवाती अग्रता बनाएपनि खेलको टिमलाई हारबाट जोगाउन भने सकेनन् ।
खेलको म्यान अफ द म्याच मच्छिन्द्रका देवेन्द्र तामाङ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । चौथो संस्करणको विजेता थ्री स्टार प्रतियोगिताबाट बाहिरिएको छ ।
विजेता टोलीले उपाधिका लागि सोमबार चर्च र्ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई ३–२ गोलले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ । अब मछिन्द्रले उपाधिका लागि सोमबार चर्च ब्वाइजसँग खेल्नेछ । शुक्रवार भएको पहिलो सेमिफाइनलमा एपीएफलाई हराउँदै चर्च ब्वाइज फाइनलमा प्रवेश गरिसकेको छ ।
उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५२५ हजार रुपैयाँ प्रदान गरिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा