केपी ओली कपको तयारी पूरा, जियानलुइजी बुफोन पनि आउने

काठमाडौँ । आइतबारदेखि काठमाडौँमा सुरु हुने तेस्रो संस्करणको केपी ओली कप फुटबल च्याम्पियनसिपको तयारी पुरा भएको छ । आयोजक राष्ट्रिय युवा संघ नेपालले शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै केपी ओली कप फुटबल च्याम्पियनसिपको तयारी पुरा भएको जनाएको हो ।
प्रतियोगिताको पहिलो खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेबाट उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसी हुने जनाइएको छ । प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने युवा संघले जनाएको छ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदीयमान खेलाडीले समान रु ५० हजार रुपैयाँ प्राप्त गर्ने राष्ट्रिय युवा संघका प्रवक्ता कृष्णहरि केसीले जानकारी दिए । त्यस्तै हरेक खेल विजेता टिमलाई रु २५ हजार नगद प्रदान गरिने छ ।
फागुन ११ गतेदेखि १९ गतेसम्म चल्ने प्रतियोगिताका क्वाटर फाइनलसम्मका खेलहरू अखिल नेपाल फुटबल संघ (एन्फा) सातदोबाटोमा हुने छन् भने १६-१७ गते हुने सेमिफाइनल र १९ गते हुने फाइनल प्रतियोगिताहरू दशरथ रंगशाला, त्रिपुरेश्वर काठमाडौँमा हुनेछन् ।
प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ । उद्घाटनमा नेपालका ख्याति प्राप्त कलाकार बद्री पंगेनी, महेश काफ्ले, समीक्षा अधिकारी र अस्मिता अधिकारीको विशेष प्रस्तुति रहने छ । खेलकुद र मनोरञ्जनको अनुपम संयोजन रहेको यस प्रतियोगिताका अवधिमा इटालीका विश्व चर्चित गोलकिपर जियानलुइजी बुफोनको समेत विशेष उपस्थिति रहनेछ भने कलाकारहरू कुमा सागर, पूर्ण राईलगायतको प्रस्तुति रहनेछ ।
'केपी ओली कप' २०८१ प्रतियोगिताको प्रत्यक्ष प्रसारण 'कान्तिपुर टेलिभिजन'ले गर्नेछ भने टिकेटिङ पार्टनर 'खल्ती' रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा वर्षाले राहत, तस्बिरहरू
-
खाजा खाने क्रममा चट्याङ लागेर दूधकुमारको घटनास्थलमै मृत्यु
-
अलपत्र काठमाडौँ भ्युटावर, तस्बिरहरू
-
च्याम्पियन्स लिग फुटबल : रियलविरुद्ध गोल गरेपछि रोनाल्डो र नेमारको हाराहारीमा आर्सनलका राइसले
-
गण्डकीको हिउँदे अधिवेशन सकियो, लोकल रक्सी ब्राण्डिङ गर्ने सहित १० विधेयक ‘टेबुल’
-
च्यासलमा रग्बीको भिडन्त, तस्बिरहरू