आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय
आईसीसी च्याम्पियन्स ट्रफी

डकेटको शानदार शतक, अस्ट्रेलियासामु विशाल लक्ष्य

शनिबार, १० फागुन २०८१, १८ : ३४
शनिबार, १० फागुन २०८१

लाहोर । आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत समूह बीको दोस्रो खेलमा इंग्ल्याण्डले अस्ट्रेलियासामु जितका लागि ३ सय ५२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ५१ रन बनाएको हो ।

टोलीका लागि ओपनर बेन डकेटले शतकीय इनिङ्स खेले । १४३ बलको सामना गर्दै १६५ रन जोडेका डकेटले १७ चौका र ३ छक्का प्रहार गरे । 

उनलाई जो रुटले ६८ रन बनाउँदै राम्रो साथ दिए । उनले ७८ बलमा ४ चौका प्रहार गरे । त्यस्तै, कप्तान जोस बट्लरले २३ रन, जेमी स्मिथले १५ रन तथा लियाम लिभिङ स्टोनले १४ रनको योगादन दिए । खेलको अन्त्यतिर जोफ्रा आर्चरले तीव्र गतिमा २१ रन जोडे ।

अस्ट्रेलियका लागि बेन ड्वार्सहुइसले ३ विकेट लिए । त्यस्तै, एडम जाम्पा र मार्नस लाबुसेनले २–२ विकेट तथा ग्लेन म्याक्सवेलले १ विकेट हात पारे । 

समूह बीमा अस्ट्रेलिया र इंग्ल्याण्डसहित दक्षिण अफ्रिका र अफगानिस्तान रहेका छन् । समूहको पहिलो खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप